ताप्लेजुङ । ताप्लेजुङमा गत वैशाख पहिलो साता आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सवमा आयोजकले घाटा बेहोर्नु परेको छ । महोत्सव आयोजक कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले करिव ३१ लाख रुपियाँ घाटा बेहोर्नुपरेको हो ।
सदरमुकाम फुङ्लिङमा परिषदले शनिबार पक्रकार सम्मेलन गरी हीरक महोत्सवमा भएको आयव्यय सार्वजनिक गरेको हो । गत बैशाख ५ देखि ७ गतेसम्म आयोजित तीन दिने हीरक महोत्सवमा कुल ३० लाख ९४ हजार ३३६ रुपियाँ आयोजकले घाटा बेहोर्नुपरेको परिषदले जनाएको छ । परिषदका अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार महोत्सव सञ्चालनका लागि आम्दानी भन्दा खर्च बढी भएकाले घाटा भएको हो ।
महोत्सव सञ्चालनका लागि सहयोग सङ्कलन भएको अर्थात आम्दानीतर्फ ७७ लाख ५० हजार रुपियाँ रहेको परिषद अध्यक्ष फेम्बुले जानकारी दिए । उनका अनुसार महोत्सव सम्पन्न गर्न व्यय अर्थात खर्च भने एक करोड आठ लाख ४४ हजार ३३६ रुपियाँ भएको छ । आर्थिक सहयोगका लागि निश्चित भएको स्रोतका आधारमा खर्चको योजना बनाएर महोत्सवमा खर्च गरिएको, तर अन्तिममा सहयोग रकम प्राप्त नभएपछि घाटा भएको अध्यक्ष फेम्बुले बताए ।
परिषदका अनुसार कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले गर्ने भनेको ३० लाख रुपियाँ सहयोग रकम प्राप्त नभएपछि आयोजकले घाटा बेहोर्नुपरेको हो । आयोजकलाई घाटा भएको रकम परिपूर्ति गर्नका लागि विभिन्न सङ्घ संस्थासहित निकायसमक्ष परिषदले अपिलसमेत गरेको छ । यता हीरक महोत्सवका लागि सबैभन्दा बढी समृद्ध पहाड नेपाल नामक संस्थाले २० लाख रुपियाँ सहयोग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: