Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

ब्याजदर घटाउन हतार गर्नु हुँदैनः इसीबी

खबरडबली संवाददाता

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएको छ । इसीबीका कार्यकारी बोर्ड सदस्य इसाबेल स्केनाबेलले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएका छन् । 

“हामी राम्रो अवस्थामा छौँं,” युरो क्षेत्रमा उत्पादन र वृद्धिको मजबुत आँकडालाई इङ्गित गर्दै स्केनाबेलले वित्तीय समाचार सेवा इकोनोस्ट्रिम मिडियासँग भने । उनका अनुसार इसिबी अन्तर्गतका बैङ्कहरूको हालको दरहरूले ऋणीहरूलाई रोकिरहेका छैनन् । स्केनाबेलले भने, “विनिर्माण क्षेत्रमा सुधार जारी छ, सबै अग्रगामी सूचकहरूले आश्चर्यजनकरूपमा उनीहरूको वृद्धिको प्रवृत्तिलाई जारी राखेका छन् ।”

उनले थपे, “यसको अर्थ अर्को दर कटौतीका लागि सम्भावना धेरै उच्च छ ।” डलरको तुलनामा युरोको पछिल्लो मजबुतीले मुद्रास्फीतिलाई इसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा तल धकेल्न सक्छ कि भनेर सोधिएको प्रश्नमा स्केनाबेलले आफू सशङ्कित रहेको बताए । “विनिमय दरको मूल्यवृद्धिले अन्तर्निहित मुद्रास्फीतिमा तलको दबाब दिने डर अतिरञ्जित छ,“ स्केनाबेलले भने । 

उनले तर्क गरे, “धेरै युरोपेली आयातकर्ताहरूले सम्भवतः उपभोक्ताहरूलाई बचत हस्तान्तरण नगरेर आफ्नो लागि कम आयात लागत सुरक्षित राख्ने छन् ।” उनले युरोको पछिल्लो शक्तिले नै युरोजोनमा नयाँ आर्थिक शक्ति प्रतिबिम्बित गरेको बताए । “मैले नयाँ आर्थिक बर्षको पहिलो छ महिनामा मुद्रास्फीतिको निरन्तर न्यूनिकरणको कुनै जोखिम देख्दिनँ,“ स्केनाबेलले भने । 

हालै पोर्चुगलमा आयोजित एक इसीबी कार्यक्रममा अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलसँग भेटेकी स्केनाबेलले राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो घटाउन माग गरिरहेको अवस्थामा फेडले आफ्नो स्वतन्त्रता कायम राख्न सक्नेमा आफू आशावादी रहेको बताए । 

“स्वतन्त्रताको एउटा ठोस फाइदा यो हो कि यसले जोखिम लाई कम गर्दछ”, उनले भने, “ट्रम्पको आक्रमणहरू आत्म-पराजित साबित हुन सक्छन् । इसिबीले जुलाई २४ मा आफ्नो अर्को दर निर्धारण बैठक आयोजना गर्नेछ र उक्त बैठकले लगातार सात कटौतीपछि दरहरू स्थिर राख्ने अपेक्षा गरिएको अधिकांश पर्यवेक्षकहरूले विश्वास गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending