Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

बन्दीपुरमा ‘आफ्नो गाउँ : रमाइलो बनाउँ’ कार्यक्रम

खबरडबली संवाददाता

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । 

गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो । पर्यटकीय क्षेत्र भएकाले हामीले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छौँ ।”

थापाले पर्यटनबाट बन्दीपुरको राजस्वलाई वृद्धि गर्न विभिन्न पर्यटकीय पार्क तथा पर्यटनमैत्री खेलमा सहभागी गराइ दस्तुर सङ्कलनलाई विस्तार गरिने बताए । बन्दीपुरभित्र बाइसेचौबिसे राज्यको पालाका चर्चित गढी हुस्लाङकोट, चन्द्रकोटको र अन्य गढीहरूको इतिहास अध्ययन गरी यसको संरक्षण गरिने उनले उल्लेख गरे। 

बन्दीपुरको शिरका रूपमा रहेको थानीमाइ मन्दिर र मुकुन्देश्वरी दरबार संरक्षण गरी मन्दिरको निर्माण गर्ने बताउँदै थापाले पर्यटनमैत्री पूर्वाधार निर्माणलाई मणिमुकुन्दसेन पदमार्ग, ‘रकगार्डेन’ र रकम ‘क्लाइम्बिङ’ निर्माणलाई निरन्तरता दिने जानकारी दिए । उनले भने, “पदमार्ग पर्खालले यहाँ आउने पर्यटकको ध्यान खिचेको छ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । मिनी ग्रेटवालका रूपमा परिचित यसलाई आगामी वर्षभित्रै निर्माण सम्पन्न गर्नेछौँ ।”

बन्दीपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँ परापूर्व कालदेखि मान्दै आइएका मठमन्दिर मुकुन्देश्वरी, थानीमाइ, खड्कमाय, भुत्याइ बराह, सन्तानेश्वर महादेव, मुलपानीका महादेव मन्दिर, तीनधारा महादेव, पहाडपानीको महादेव मन्दिर संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको थापाले बताए ।

उनले भने, “यहाँको दिगो पर्यटन विकास र पर्यटकको बसाइँ अवधि लामो बनाउनका लागि छिमेकी पालिकाहरूसँगको समन्वयमा विभिन्न पर्यटकीय स्थानको प्रवर्द्धन र विकास गरिनेछ ।”

सहासिक पर्यटनको प्रचुर सम्भावना रहेको ‘रकक्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘साइक्लिङ’, ‘क्यानोनिङ’, जलविहारलगायत खेलको प्रवर्द्धन गर्दै कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यहाँ जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत देशका पर्यटक आउने गरेका छन् ।

खड्गदेवी मन्दिर, थानीमाइ मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकहरूको आकर्षक केन्द्रबिन्दु बन्ने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending