ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गरेकाे र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिकरूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने प्रयास गर्दा सन् २०२४ जुलाई र अगस्टका बीचमा एक हजार चार सय मानिस मारिएका थिए । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले हसिनाको अपदस्थ सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरूलाई मुद्दा चलाइरहेको छ ।
“पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चौधरी अब्दुल्लाह मामुनले मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको छ”, आइसिटीका प्रमुख अभियोजक मुहम्मद ताजुल इस्लामले पत्रकारहरूलाई भने । ‘जुलाई-अगस्ट विद्रोहको समयमा भएका अपराधहरूबारे आफूसँग भएका सबै जानकारी’ दिँदै मामुनले साक्षीका रूपमा काम गरेर अदालतलाई सहयोग गर्न सहमत भएको इस्लामले बताए ।
अदालतले मामुनको सुरक्षा सुनिश्चित गर्न छुट्टै आवासको व्यवस्था गर्न अनुमोदन गरेको छ । न्यायाधिकरणले बिहीबार हसिना र उनका गृहमन्त्री असादुज्जमान खान कमालमाथिका आरोपहरू खारेज गर्न वकिलहरूको अनुरोध पनि अस्वीकार गरेको छ । दुवै हसिना र कमाललाई सोही मुद्दामा औपचारिक रूपमा अभियोग लगाइएको छ ।
हसिना र कमालका राज्यद्वारा नियुक्त वकिल आमिर हुसेन भने आशावादी छन् । “मुद्दा प्रारम्भिक चरणमा छ र अन्य धेरै चरण छन्”, उनले भने । विरोध प्रदर्शनले आफ्नो १५ वर्षको शासन समाप्त गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट भारत भागेका थिए । उनले ढाका फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरे । ढाकामा उनको अनुपस्थितिमा जुन १ मा मुद्दा सुरु भएको थियो । हसिनाले आइसिटीमा कम्तीमा पाँचवटा आरोपको सामना गरिरहेका थिए ।
यसमा ‘जुलाई विद्रोहको समयमा सामूहिक हत्याका लागि उक्साउने, प्रेरणा गर्ने, संलग्नता, सहजीकरण, षड्यन्त्र र रोकथाम गर्न असफल हुने’ समावेश छन् । अभियोजकहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन् । उनलाई जुलाई २ मा छुट्टै मुद्दामा अदालतको अवहेलनाको दोषमा दोषी ठहराइएको थियो, जसमा छ महिनाको सजाय भएको थियो । फरार पूर्वमन्त्री कमाल पनि भारतमा रहेको विश्वास गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: