लागोस । संयुक्त राज्य अमेरिकाले नाइजेरियाली नागरिकहरूलाई प्रदान गरिने अस्थायी बसोबास अनुमति अब तीन महिनामा सीमित गर्ने निर्णय गरेको छ ।
अबुजास्थित अमेरिकाको दूतावासले मङ्गलबार जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ । सूचनामा भनिएको छ, “अबदेखि अधिकांश गैर-आवासीय तथा गैर-कूटनीतिक आगन्तुक अनुमति पत्रहरू तीन महिनासम्म मात्र मान्य हुनेछन् ।”
यो निर्णय अमेरिकाले विभिन्न मुलुकहरूमाथि लागू गर्दै आएको आपसी आगन्तुक नीति पुनरावलोकन अन्तर्गत ल्याइएको हो । यसअघि नाइजेरियाली नागरिकहरूले आफ्नो भ्रमणको उद्देश्यअनुसार विभिन्न समयावधिका आगन्तुक अनुमतिपत्रहरू पाउने गर्थे ।
गत महिनामात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चिन्ता र अपर्याप्त छानबिन प्रक्रियाको आधारमा १२ मुलुकका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए । जसमा अधिकांश अफ्रिकी मुलुकहरू रहेका छन् । रोक लगाइएका मुलुकहरूमध्ये चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सोमालिया र सुडान पनि पर्दछन् । प्रतिबन्धको जवाफस्वरूप चाडले तुरुन्तै अमेरिकी नागरिकहरूलाई अनुमतिपत्र दिन रोकेको छ ।
हालसम्म नाइजेरियाले उक्त निर्णयप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, गत महिनामा नाइजेरियाका परराष्ट्र मन्त्रीले यस्ता प्रतिबन्ध र करहरूले पश्चिम अफ्रिकासँग हुन सक्ने व्यापार सम्झौतामा, विशेषगरी दुर्लभ खनिज र ऊर्जा क्षेत्रमा, नकारात्मक असर पार्ने चेतावनी दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: