जाजरकाेट । जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ । आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अज्ञात समूहले शाहलाई कुटपिट गरेको हो ।
कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए । ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख शाहले भने ।
घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए । केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख शाहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो ।
उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा फैलाइएको दाबी गर्दै आएका छन् । ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, तर त्यसलाई लिएर धेरैले दुस्प्रचार गरे,’ शाहले भने, ‘तर यस्तो कुटपिट गर्ने अधिकार कसैलाई छैन, यो नियोजित देखिन्छ ।’
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आक्रमणकारीको पहिचान भइनसके पनि सिसिटिभी फुटेजको सहायताले छानबिन अघि बढाइएको छ । ‘हामीले कार्यालय परिसरका सिसिटिभी फुटेज संकलन गरेका छौं, त्यसको आधारमा दोषी पहिचान गरी कारबाही अघि बढाइन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: