दार्चुला। नेपालबाट छाङरु र टिङ्कर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीय भारतको बाटो प्रयोग गर्न बाध्य छन् । छाङरु र टिङ्करमा करिब दुई सय घरपरिवारको बसोबास छ । व्यासवासीले कुन्जा जाँदा भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यो हट्ने देखेर स्थानीय खुसी छन् । अब नेपालकै बाटो भएर आउजाउ गर्न पाइने सम्भावना बढेको छ ।
पैसा तिरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने व्यासवासीको बाध्यता अन्त्य गर्न बाटो निर्माण तीव्र रूपमा अगाडि बढेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोडेटो बाटोको काम तीव्र गतिमा भइरहेको छ । व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्म निर्माणाधीन घोडेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
देशकै दुर्गम छाङरु र टिङ्करगाउँ तथा आसपासको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्यले जेठबाट निर्माण सुरु गरिएको सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए।
“असारभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित हामीले काम सुरु गरेका छौँ,” पालले भने, “हालसम्म करिब ९० प्रतिशत निर्माणको कार्य सकिएको छ ।” हाल कामलाई तीव्रता दिन पाँच वटा समूहमा विभाजन गरेर १३० जनासम्म मजदुर निर्माण कार्यमा खटिएका छन् । विशेष गरेर अत्यन्तै अप्ठ्यारो र पूर्ण रूपमा बाटो नभएका स्थानलाई प्राथमिकतामा राखेर काम भइरहेको पालले बताए।
महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले दिनभर काम गरिरहेको काममा खटिएका जनक धामीले बताए । सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भिर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको र एकरदुई दिनमै पूर्ण रूपमा बाटो बन्ने उनले बताए। छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि सङ्घीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो ।
प्राप्त बजेटसँग थप श्रम अभियान जोडेर वैशाखमा कुन्जा सर्नुभन्दा पहिले नै सो बाटो खुलाउने प्रयास गरिएको भए पनि कानुनी अड्चन आउन सक्ने भन्दै सोही बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण कार्य भइरहेको हो ।
हालसम्म माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेलगायतका क्षेत्रमा काम पूरा भएको छ भने दोपखेभन्दा तलका केही स्थानमा निर्माण कार्य जारी रहेको ठेकेदार केशव पालले बताउनुभयो । व्यास गाउँपालिका र मिसन–देवहरि जेभीबिच पाँच करोड छ लाख नौ हजार ९९४ रुपियाँमा सम्झौता भएको छ । जोखिमपूर्ण बाटोमा आसलाग्दो ढङ्गले काम भइरहेको भन्दै गाउँबाटै सदरमुकाम आवतजावत गर्न पाइनेमा व्यासवासी आशावादी बनेको उनले बताएइ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: