Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

खानेपानी योजनाले ल्यायो गाउँमा खुसीयाली

खबरडबली संवाददाता

पाल्पा । एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयलाई अब भने खानेपानीको पिरलो छैन । घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ ।

रामपुर नगरपालिका वडा नम्बर १० स्थित माथिल्लो मनभागा गाउँ नगरकै विकट भेगमा पर्छ । वर्षौँदेखि यहाँका स्थानीयले खानेपानीका लागि कष्ट भोग्दै आएका थिए । अहिले रामपुर नगर सरकारको सहयोगमा योजनामार्फत घरघरमा पानी आएको देख्दा स्थानीय खुसीले उत्साहित बनेका छन् । 

यहाँका स्थानीयलाई खानेपानी मात्र नभई घरायसी प्रयोजनका लागि पानीको उत्तिकै दुःख थियो । गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो । रामपुर नगरपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घरघरमा पानीको सुविधा पुगेको छ । 

नगरपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर रु १७ लाख ५० हजार रकम र स्थानीय उपभोक्ताको रु चार लाख २१ हजार ६०० सहयोगमा खानेपानी योजना सम्पन्न भई सञ्चालनमा आएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु आठ लाख, २०७५/७६ मा रु पाँच लाख, २०७८/७९ मा रु एक लाख ५० हजार र ७९/८० मा रु तीन लाख गरी कुल रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको हो । सो योजना निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन् ।

समितिका अध्यक्ष दिलबहादुर सिञ्जालीले २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घरघरमा पानी वितरण भइरहेको बताए ।मनभागामा टोकलोक डिबाट लिफ्टिङमार्फत यहाँका १८ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष सिञ्जालीले बताए । 

खानेपानी योजनाले स्थानीयको दैनिकीमा ठुलो परिवर्तन ल्याइदिएको स्थानीय अमिता थापाले बताए । “पानी खोज्नका लागि सबेरै उठेर गाउँतिरका कुवा, खोल्सी, मूल भएतिर धाउनुपर्थ्यो, पानी खोज्नमै समय धेरै बिताउनुपर्थ्यो, घरको कामकाज गर्न धेरै अप्ठ्यारो स्थिति बेहोर्नुपर्‍यो, योजनामार्फत घरघरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्नमा बित्ने समय अब अन्य कामकाजमा लगाउन पाइने भयो,” उनले खुसी हुँदै भने ।

घरको धारामा चौबिसैँ घण्टा पानी आइरहँदा स्थानीयको वर्षौँदेखिको सपना पूरा भएको छ । नगरकै विकट र दुर्गममा रहेको हुँदा कष्टका साथ गाउँमा खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न सफल भएको वडाध्यक्ष तोयानाथ सारु थापाले बताए । 

गाउँका स्थानीयले भोगेको खानेपानी समस्याले कतिबेला योजना सम्पन्न गरेर घरघरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रित रहने गरेको र अहिले आएर सपना पूरा भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । 

खानेपानी योजनाका लागि नगरप्रमुख थापाको जोडबलमा कामलाई धमाधम अगाडि बढाएर अहिले घरघरमा पानी पुर्‍याइएको हो ।“विक्रम संवत् २०७४ को स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका लागि गाउँमा जाने क्रममा खानेपानीको अभाव दयनीय देखेँ, निर्वाचन जिते पनि हारे पनि खानेपानी ल्याउँछु भनेर प्रतिबद्धता जनाएको थिएँ,” नगरप्रमुख थापाले भने, “निर्वाचन सकिएपश्चात् योजनाको काम सुरु भयो, योजना सम्पन्न गरेर पानी खुवाउन पाउँदा खुसी लागेको छ ।” 

नगरवासीको आवश्यकता पूरा गर्नका लागि तीनै तहका सरकार र सरोकारवालाबिच समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । जनताको आवश्यकतालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताका आधारमा काम गर्दै आएको नगरप्रमुख थापाको भनाइ छ । 

नगरप्रमुख थापाको रामपुर नगरपालिकामा दोस्रो कार्यकालको नेतृत्व हो । गाउँमा पहिला बस्ती ठुलो रहे पनि पछिल्लो समय बसाइँसराइले गर्दा बस्ती पातलो हुँदै गएको छ । पहिलो समय यहाँ ३६ घरपरिवारको बसोबास रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: