तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेको छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँमा पेश गरिएको विवरण अनुसार डा। वाग्लेको निर्वाचन अभियानमा कुल २६ लाख ९० हजार ७५४ रुपियाँ खर्च भएको छ । निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ का लागि तोकेको अधिकतम ३० लाख रुपियाँको खर्च सीमाभित्रै रहेर उनले यो विवरण बुझाएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ र निर्वाचन आचारसंहिताको पालना गर्दै डा। वाग्लेका निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले फागुन २७ गते जिल्ला निर्वाचन कार्यालयमा उक्त खर्च विवरण पेश गरेको हो । सार्वजनिक गरिएको अनुसूची–४१ को विवरण अनुसार डा। वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा ठुलो हिस्सा प्रचारप्रसार सामग्री र सवारी साधन व्यवस्थापनमा खर्च भएको देखिएको छ । जसमा प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपियाँ र १५ दिनको सवारी साधन तथा इन्धन खर्चमा ४ लाख ५० हजार रुपियाँ खर्च भएको उल्लेख छ ।
यसैगरी, ४२ वटा वडामा कार्यालय सञ्चालनका लागि चार लाख २० हजार रुपियाँ, खाना, खाजा तथा अस्थायी बसोबासका लागि तीन लाख ४८ हजार ९०० रुपियाँ र विद्युतीय माध्यमबाट गरिने प्रचारप्रसारमा तीन लाख ४८ हजार ४६४ रुपियाँ खर्च भएको छ । ६९ मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालन गर्दा तीन लाख १९ हजार ३०० रुपियाँ खर्च भएको विवरणमा जनाइएको छ । अन्य खर्चहरूमा विविध शीर्षकमा एक लाख ४० हजार ७९२ रुपियाँ, मनोनयन दर्तामा १० हजार र मतदाता नामावली खरिदमा तीन हजार रुपियाँ खर्च भएको डा। वाग्लेको सचिवालयले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डा। वाग्ले ३८ हजार ४० मतसहित विजयी भएको हो । उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ को फराकिलो मतान्तरले पराजित गरेको छन् । भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...
फाल्गुन २९ गते, २०८२ - १४:२८
काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...
फाल्गुन २९ गते, २०८२ - १४:१९
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...
फाल्गुन २९ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...


प्रतिकृया लेख्नुहोस्: