बाजुरा। बाजुराका स्थानीयलाई वर्खा लागेसँगै बाउली खोलाको चिन्ता हुने गरेको छ । असारदेखि भदौसम्म यो खोलामा पानीको बहाव बढेर वारपार गर्दा कयौँको ज्यान समेत जाने गरेकोले यहाँका स्थानीयलाई वर्खाको समय बाउली खोलाको चिन्ता हुने गरेको हो ।
मार्तडी बजारदेखि झण्डै एक किलो मिटरको दुरीमा पर्दछ बाउली खोला । वर्खाको समय यो खोलामा पानीको बहाव निकै बढ्ने गर्दछ । पानीको बहाव बढ्ने भएकोले यहाँका स्थानीयलाई वर्खाको समय सँधै खोला कसरी तर्ने भन्ने चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेका बुढीनन्दा, स्वामिकार्तिक खापर, हिमाली र जगनाथ लगायतका स्थानीयवासी सरकारी काम काजका लागि सदरमुकाम मार्तडी आउँदा यसै खोला तर्ने गरेका छन् ।
त्यति मात्र होइन यो खोला मार्तडी कोटी सडकमा पर्ने गरेकोले यहाँ हुम्ला जुम्ला कालिकोट मुगु लगायतका स्थानीय समेत यसै बाटोमा आउने जाने गर्दछन् । तर यो खोलामा पक्की पुल भने अझै निर्माण हुन सकेको छैन । यहाँ पक्की पुल निर्माण गर्न लागेको झण्डै दुई चार वर्षभन्दा बढी समय भएपनि अझै निर्माणको काम भने सम्पन्न हुन सकेको छैन ।
खोलामा पुल नहुँदा यहाँ स्थानीयलाई भने वर्खाको समय सधै सास्ती खेप्दै आउनुपरेको छ । हिउँदमा पोरखेगडीमा हिउँले हिलामे सडक भएर अवरुद्ध हुने र वर्खामा बाउली र अनाई बाउलीमा पानीको बहाव बढी भएर गाडी रोकिने गरेका कारण यहाँका स्थानीयबासीलाई सधै सास्ती खेप्दै आउनुपरेको हो।
बाउलीमा खोलामा निर्माण हुन थालेको पुल समयमै सम्पन्न भएको भए वर्खाको समय हामीलाई मार्तडीदेखि दानसाँगुसम्म गाडी चलाउन निकै सहज हुने जीप चालक रामबहादुर कार्कीले बताए।
उनले भने, “हिउँदको महिना मार्तडीदेखि कोल्टीसम्म राम्रोसँग जीप चलाउने गरेका थियौँ । अहिले बाउली र दानसाँगु खोलामा पानीको बहाव बढी रहेकोले त्यो खोलामा गाडी हाल्न सड लाग्ने गरेको छ ।”
बाउली दानसाँगु खोलामा पक्की पुल निर्माण नहुँदा वर्खाको समय गाडी मार्तडीमा रोक्नु पर्ने अवस्था आएको कार्कीले बताए। यता बाउली खोलामा झण्डै पाँच करोडमा पुलको ठेका भएर काम भइरहेको सडक डिभिजन कार्यालय अछामका सुचना अधिकारी इन्जिनियर सुभाष साहले बताए ।
मार्तडी कोल्टी सडकको मुख्य समस्या भनेको बाउली खोला हो । यसमा पुल नहुँदा वर्खाके समय यहाँका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।
उनले भने, “यहाँको सडक र पुल निर्माणको हालत उस्तै छ । जिम्मा लिएको काम समयमै नगर्ने ठेकेदार कम्पनीका लाग्दा यहाँका स्थानीयहरुले सडक तथा पुलको अभावमा सधै सास्ती खेप्दै आउनु परेको हो ।”
बाउली खोलामा पुल निर्माणका लागि धेरै पठक ठेकेदार कम्पनीलाई पुल चाँडो निर्माण गर्न भनेका थियौ । तर भएन । अहिले यसका लागि फेरि सडक डिभिजन कार्यालय अछामलाई समेत पत्र पठाएको पाध्याले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: