Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

खबरडबली संवाददाता

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गरेको छन् । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उनले त्यस्तो आग्रह गरेको हो । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताएको छन् ।

“इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ”, ट्रम्पले लेखेको छन् ।

उनले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताए ।

“म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ”, उनले लेने।

यसअघि मङ्गलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उहाँ ‘धेरै कडा’ हुने बताउनुभएको थियो ।

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक हुनुहुन्छ ।

यसैबिच इजरायलको अभियान जारी छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ ।

छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतङ्ककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

“गत हप्तामा हवाई आक्रमण र गोलाबारी बढेको छ, र ट्याङ्कहरू अगाडि बढिरहेका छन्”, गाजा सहरको सुजैया जिल्लाका ३९ वर्षीय राफत हालेसले भन्नुभयो, “मलाई विश्वास छ कि प्रत्येक पटक वार्ता वा सम्भावित युद्धविरामको उल्लेख गर्दा सेनाले जमिनमा अपराध र नरसंहार बढाउँछ, मलाई थाहा छैन किन ।”

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् ।

अरूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

सहायता खोज्नेहरू मारिए 

गाजाका केही कार्यरत चिकित्सा सुविधाहरू भरिएका छन् भन्दै रेडक्रसले करिब सबै सार्वजनिक अस्पतालहरू आपूर्तिमा ‘महिनौँको शत्रुता र प्रतिबन्धहरूद्वारा बन्द वा नष्ट भएका छन’ भनी चेतावनी दिएको छ ।

“विगत ३६ घण्टामा गाजा सहर र जबलियामा बढ्दो शत्रुताबाट दर्जनौँ सर्वसाधारणको मृत्यु र घाइते भएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति निकै चिन्तित छ”, आइसिआरसीले एक विज्ञप्तिमा भन्यो ।

गाजाको नागरिक सुरक्षा सेवाले मङ्गलबार मध्य र दक्षिणी गाजामा सहायता वितरण स्थलहरू नजिकै १६ जनाको मृत्यु भएको, पछिल्लो समयमा खाना खोज्नेहरूमाथि घातक आक्रमण भएको र अन्य इजरायली अपरेसनहरूमा अन्य १० जनाको मृत्यु भएको बताएको छ ।

घटनामा टिप्पणी गर्दै इजरायली सेनाले ‘सेना नजिक आएका संदिग्धहरूलाई टाढा राख्न चेतावनी फायर गरेको’, कुनै घाइते भएको बारेमा जानकारी नभएको तर घटनाहरूको समीक्षा गर्ने बताएको छ ।

रफाहमा भएको एउटा घटनाको उल्लेख गर्दै सेनाले गोली ‘सहायता वितरण स्थलबाट सयौँ मिटर टाढा’ फायर गरिएको र उक्त वितरण स्थल ‘सञ्चालन भइरहेको थिएन’ भनेको छ ।

सहायता संस्थाहरूको आग्रह

एक सय ६९ सहायता संस्थाको समूहले सोमबार गाजाको ‘घातक’ नयाँ अमेरिकी र इजरायली समर्थित सहायता वितरण योजनाको अन्त्य गर्न आह्वान गरेको छ । समूहले नागरिकहरूको मृत्यु निम्त्याइरहेको बताएका छन् ।

इजरायलले हमाससँगको युद्धविराम वार्तामा गतिरोधका कारण गाजामा प्रवेश गर्ने मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएकाले उनीहरूले मार्चसम्म अवस्थित संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको सहायता व्यवस्थामा फर्कन आग्रह गरेका छन् । 

नयाँ योजनाको प्रशासक, गाजा ह्युमेनिटेरियन फाउन्डेसन ९जिएचएफ० ले आफ्ना केन्द्रहरू नजिकै सहायता खोज्नेहरूको हत्या भएको खबरबाट आफूलाई टाढा राखेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending