Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

अमेरिकी विदेशी सहायता कटौतीले एक करोड ४० लाखबढी मानिसको मृत्यु हुन सक्छ: अध्ययन

खबरडबली संवाददाता

पेरिस। ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुन सक्ने एक अनुसन्धानले मङ्गलबार प्रक्षेपण गरेको छ ।

प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि विश्व र व्यापारिक नेताहरू भेला हुँदा सङ्कटमा रहेका सहायता क्षेत्रलाई बलियो बनाउने आशामा प्रकाशित भएको थियो । अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी–युएएड)ले जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कनु अघिसम्म विश्वव्यापी मानवीय कोषको ४० प्रतिशतभन्दा बढी सहयोग गर्दै आएको थियो ।

दुई हप्तापछि ट्रम्पका तत्कालीन निकट सल्लाहकार र संसारका धनी व्यक्ति एलन मस्कले एजेन्सीलाई ‘काठ काट्ने मेसिनमा हालेको’ भनेर घमण्ड गरेको थिए । बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ ९आइएसग्लोबल०का अनुसन्धानकर्ता एवं अध्ययनका सह–लेखक डेभिडे रसेलाले कोष कटौतीले ‘जोखिममा रहेका जनसङ्ख्याहरूको स्वास्थ्यमा दुई दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने जोखिम छ’ भनी चेतावनी दिए।

“धेरै निम्न र मध्यम आयका देशहरूका लागि यसको परिणामले हुने आघात विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मापदण्डसँग तुलना गर्न सकिन्छ”, उहाँले एक विज्ञप्तिमा भने। एक सय ३३ राष्ट्रको तथ्याङ्कलाई फर्केर हेर्दा अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले युएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ । यो इतिहासको सबैभन्दा घातक द्वन्द्व दोस्रो विश्वयुद्धमा मर्ने अनुमानित सङ्ख्याभन्दा बढी हो ।

एचआइभी, मलेरिया बढ्ने
शोधकर्ताहरूले यस वर्षको सुरुमा अमेरिकी सरकारले घोषणा गरेको तथ्याङ्कले मृत्युदरलाई कसरी असर गर्नसक्छ भनेर ८३ प्रतिशतले कोष कटौती गर्ने भनेर प्रक्षेपण गर्न मोडलिङ पनि प्रयोग गरे । कटौतीले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढीको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । उक्त सङ्ख्यामा पाँच वर्षमुनिका ४५ लाखभन्दा बढी बालबालिका थिए अर्थात एक वर्षमा करिब सात बालबालिकाको मृत्यु ।

तुलनाका लागि भन्नुपर्दा करिब एक करोड सैनिक प्रथम विश्वयुद्धको समयमा मारिएको अनुमान गरिएको छ । युएसएडद्वारा समर्थित कार्यक्रमहरू सबै कारणबाट हुने मृत्युको १५ प्रतिशत कमीसँग जोडिएको शोधकर्ताहरूले निर्धारण गरेका छन् । पाँच वर्षमुनिका बालबालिकाका लागि मृत्युको गिरावट दुई गुणा तीव्र अर्थात ३२ प्रतिशत थियो ।

रोगबाट हुने रोकथाम योग्य मृत्युलाई रोक्न युएसएड कोष विशेष गरी प्रभावकारी भएको पाइएको थियो । युएसएडको उच्च स्तरको सहायता पाउने देशहरूमा कम वा कुनै सहायता नपाउने देशहरूको तुलनामा एचआइभीरएड्सबाट हुने मृत्यु ६५ प्रतिशत कम थियो भनेर अध्ययनले पत्ता लगाएको छ । मलेरिया र उपेक्षित उष्णकटिबन्धीय रोगहरूबाट हुने मृत्युहरू पनि समान रूपमा आधामा कटौती भएको थियो ।

मोजाम्बिकको म्यानहिका हेल्थ रिसर्च सेन्टरका अध्ययनका सह–लेखक फ्रान्सिस्को साउटले युएसएडले एचआइभी, मलेरिया र क्षयरोग जस्ता रोगहरूसँग लड्न कसरी मद्दत गर्यो भनेर जमिनमा देखेको बताए । “अहिले यो सहायता कटौतीले जीवनलाई मात्र जोखिममा राख्दैन(यसले निर्माण गर्न दशकौँ लागेको महत्वपूर्ण पूर्वाधारलाई पनि कमजोर बनाउँछ”, उनले जोड दिए।

बोस्टन विश्वविद्यालयका रोग मोडलर ब्रुक निकोल्सले सञ्चालन गरेको भर्खरै अपडेट गरिएको ट्र्याकरले अमेरिकी सहायता कटौतीको परिणामस्वरूप पहिले नै लगभग एक लाख आठ हजार वयस्क र दुई लाख २४ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको अनुमान गरेको छ । ट्र्याकरका अनुसार यसले प्रत्येक घण्टामा ८८ जनाको मृत्यु हुने गर्छ ।

(बढाउने समय(

युएसएड बन्द भएपछि फ्रान्स, जर्मनी र बेलायत लगायत अन्य धेरै प्रमुख दाताले आफ्नो विदेशी सहायता बजेट घटाउने योजना घोषणा गर्दै त्यसको पछि लागे । “यी सहायता कटौतीले विशेष गरी युरोपेली सङ्घ ९इयु० मा आगामी वर्षहरूमा अझ बढी मृत्युहरू निम्त्याउन सक्छ”, आइएसग्लोबलको अध्ययन सह–लेखक क्याटरिना मोन्टीले भने।

तर डरलाग्दो प्रक्षेपणहरू हालको प्रतिज्ञा गरिएको सहायताको मात्रामा आधारित छन् भन्दै त्यसैले स्थिति परिवर्तन भएमा तुरुन्तै घट्नसक्ने अनुसन्धानकर्ताहरूले जोड दिए । एक दशकमा सबैभन्दा ठूलो सहायता सम्मेलनका लागि यस हप्ता स्पेनी सहर सेभिलमा दर्जनौँ विश्व नेताहरू भेला भइरहेका छन् । तर, संयुक्त राज्य अमेरिका भने उपस्थित हुने छैन । 

“अहिले कम गर्ने होइन, बढाउने समय हो”, रसेलाले भने । आफ्नो सहायता कटौती हुनुअघि युएसएडले सम्पूर्ण अमेरिकी सङ्घीय खर्चको शून्य दशमलव तीन प्रतिशत प्रतिनिधित्व गथ्र्यो । “अमेरिकी नागरिकहरूले युएसएडमा प्रतिदिन लगभग १७ सेन्ट अर्थात प्रतिवर्ष करिब ६४ डलर योगदान गर्छन्”, लस एन्जलसको क्यालिफोर्निया विश्वविद्यालयका अध्ययनका सह–लेखक जेम्स म्याकिन्कोले भने, “मलाई लाग्छ कि लाखौँको ज्यान बचाउन यति सानो योगदान कति प्रभावकारी हुनसक्छ भन्ने थाहा भएमा अधिकांश अमेरिकीले युएसएडको निरन्तर कोषलाई समर्थन गर्ने छन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

नेतृत्वले आफ्नै सहकर्मीमाथि गरिएको व्यवहार निन्दनीय छ : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...

कांग्रेसमा गहिरिँदो विवाद: पार्टी फुटिसकेको शशांक कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...

दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी बन्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायकनै गगन हो, उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लग...

'मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद' भन्दै विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम: विपद् व्यवस्थापनदेखि खानेपानी र सहरी योजनामा जोड

काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...

असार १ र २ गते प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...

रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending