कञ्चनपुर। कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका अनुसार शैक्षिक सत्र २०८१ मा भएको माध्यामिक शिक्षा परीक्षा (एसइई)को जिल्ला स्थित तीन विद्यालयमा नतिजा शून्य आएको हो ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई नतिजाको तथ्याङ्कअनुसार, पुर्नवास नगरपालिकाका दुई विद्यालय र लालझाँडी गाउँपालिकाको एक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताए ।
लालझाँडी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । एसइई परीक्षामा सो विद्यालयबाट ३६ परीक्षार्थी सहभागी भएकोमा नतिजा भने शून्य आएको पालिकाको शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए।
लालझाँडी गाउँपालिकामा सामुदायिक र संस्थागत गरी आठ विद्यालयबाट २६० विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उक्त पालिकामा ३३।१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले अङ्ग्रेजी र गणित विषयमा अत्यधिक विद्यार्थी फेला भएका बताए। विद्यालयमा विषयगत शिक्षकको अभावलगायत विविध कारणले नतिजा शून्य आएको उनले बताए। विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव रहेको उनले बताए । शिक्षक, अभिभावक, विद्यार्थी सबैले सुधार गर्दे जानुपर्ने आवश्यकता देखिएको उहाँले बताए ।
पुर्नवास नगरपालिकामा सामुदायिक र संस्थागत गरी २६ विद्यालय रहेका छन् । जहाँ वडा नम्बर १ अंशुवर्मावस्तीको शान्ति मावि र पुरैनास्थित रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले एसइई परीक्षा उत्तीर्ण गर्न नसेकेको पुर्नवास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए ।
शान्ति माविबाट १७ जना र रामबुद्ध माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तर उनीहरूको नतिजा भने शून्य आएको हो । परिक्षाफल शून्य आएपछि अभिभावकहरुले भने शिक्षकहरु राजनिति तर्फ केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । पुर्नवासका स्थानीय हरी विकले शिक्षकहरुले राजनीतिभन्दा पनि अध्यापनमा समय दिनुपर्ने सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: