कञ्चनपुर। कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका अनुसार शैक्षिक सत्र २०८१ मा भएको माध्यामिक शिक्षा परीक्षा (एसइई)को जिल्ला स्थित तीन विद्यालयमा नतिजा शून्य आएको हो ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई नतिजाको तथ्याङ्कअनुसार, पुर्नवास नगरपालिकाका दुई विद्यालय र लालझाँडी गाउँपालिकाको एक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताए ।
लालझाँडी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । एसइई परीक्षामा सो विद्यालयबाट ३६ परीक्षार्थी सहभागी भएकोमा नतिजा भने शून्य आएको पालिकाको शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए।
लालझाँडी गाउँपालिकामा सामुदायिक र संस्थागत गरी आठ विद्यालयबाट २६० विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उक्त पालिकामा ३३।१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले अङ्ग्रेजी र गणित विषयमा अत्यधिक विद्यार्थी फेला भएका बताए। विद्यालयमा विषयगत शिक्षकको अभावलगायत विविध कारणले नतिजा शून्य आएको उनले बताए। विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव रहेको उनले बताए । शिक्षक, अभिभावक, विद्यार्थी सबैले सुधार गर्दे जानुपर्ने आवश्यकता देखिएको उहाँले बताए ।
पुर्नवास नगरपालिकामा सामुदायिक र संस्थागत गरी २६ विद्यालय रहेका छन् । जहाँ वडा नम्बर १ अंशुवर्मावस्तीको शान्ति मावि र पुरैनास्थित रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले एसइई परीक्षा उत्तीर्ण गर्न नसेकेको पुर्नवास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए ।
शान्ति माविबाट १७ जना र रामबुद्ध माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तर उनीहरूको नतिजा भने शून्य आएको हो । परिक्षाफल शून्य आएपछि अभिभावकहरुले भने शिक्षकहरु राजनिति तर्फ केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । पुर्नवासका स्थानीय हरी विकले शिक्षकहरुले राजनीतिभन्दा पनि अध्यापनमा समय दिनुपर्ने सुझाव दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: