Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रधानमन्त्री कांग्रेसले लिनुपर्ने मेरो अडान थियो तर एमालेलाई किन दिइयो ?

डा. शेखर कोइराला

सर्वप्रथम, म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँले हालै पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। म सुरुदेखि नै पार्टी एकतामा विश्वास राख्ने व्यक्ति हुँ।

आज म केही तीतो तर यथार्थ कुराहरू राख्न गइरहेको छु। कृपया यसलाई कसैले व्यक्तिगत रूपमा नलिनुहोला।

हामी अहिले महाधिवेशनको वर्षमा छौं। म अझै पनि २०८२ सालको मंसिर महिनाभित्रै १५औं महाधिवेशन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ छु। यदि त्यो सम्भव छैन भने, त्यसका कारणहरू सभापतिज्यू तथा पदाधिकारीहरूले स्पष्ट रूपमा पार्टीलाई जानकारी गराउनु आवश्यक छ। पदाधिकारी साथीहरू महाधिवेशनका लागि सक्रिय रूपमा लागिपर्नुभएको देखिन्छ, जुन सकारात्मक पक्ष हो।

गठबन्धन
२०७९ को संघीय तथा प्रदेश निर्वाचनमा हामी माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा गयौं। अहिले एमालेसँग सत्ता साझेदारीमा छौं। त्यसबेला माओवादीसँग गठबन्धन गर्नुको कारण के थियो र अहिले एमालेसँग सत्ता सहकार्य गर्नुको आधार के हो?

म स्वयं कांग्रेस–एमाले गठबन्धनको पक्षमा थिएँ, तर मेरो अडान थियो—सत्ता नेतृत्व कांग्रेसको हुनुपर्छ। तर आज नेतृत्व एमालेले गरेको छ। किन? यदि यो गठबन्धन संविधान संशोधनका लागि हो भने, सात बुँदे सहमतिमा उल्लेख गरिएको संशोधनको मुद्दा अहिले कहाँ पुगेको छ? सभापतिज्यू, यो प्रश्नको चित्त बुझ्ने उत्तर आवश्यक छ।

अनुशासन समिति
१. अनुशासन समितिको बैठकमा सभापतिज्यूले भन्नुभएछ—‘चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने?’ यस्तो टिप्पणी के आधारमा गरियो? म स्पष्ट जवाफ चाहन्छु।

२. अनुशासन समितिमा अब केन्द्रीय समिति बाहिरका वरिष्ठ, निष्पक्ष र सक्षम साथीहरूलाई समावेश गर्नुपर्छ। हालको समिति कति कमजोर देखिएको छ भने, कारबाही सिफारिस भएका केन्द्रीय सदस्यहरूलाई सामान्य सोधपुछ वा जानकारी दिनेसम्मको सामर्थ्य छैन। एउटै प्रकृतिको मुद्दामा कसैलाई ‘सचेत’ गराउने र कसैलाई ‘निलम्बन’ सिफारिस गर्ने जस्ता विभेदपूर्ण व्यवहारले समिति निष्पक्ष बन्न सक्दैन।

३. पर्सा–१ मा गठबन्धनका नाममा लोसपालाई सिट दिइयो। उनी १११७ मतसहित चौथो भए। स्वतन्त्र रूपमा लड्नुभएका कांग्रेस नेता भने २०,९१७ मतसहित निकटतम प्रतिद्वन्द्वी भए। बलियो सिट किन गुमाइयो?

४. बारा–२ को उपचुनावमा उपेन्द्र यादवलाई टिकट दिनु हुँदैन, पार्टीकै नेता अघि सारौँ भनेका थियौं, तर त्यो सुन्ने चेष्टा गरिएन। मधेस प्रदेशमा सरकार कांग्रेसको नेतृत्वमा बन्ने भनेर तर्क दिइयो। आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ? कांग्रेस कहाँ छ?

५. २०७९ मा माओवादीसँग गठबन्धन गरियो। तर २०८० को उपचुनावमा तनहुँ–१ मा कांग्रेस, चितवन–२ मा एमालेका उम्मेदवारलाई समर्थन गर्दै दुई दलका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्ति आयो। यो कस्तो रणनीति थियो?

६. अनुशासन समितिका संयोजकले व्यक्तिगत रूपमा चिठी पठाउनु भयो। यस्तो अधिकार उहाँलाई कसले दियो? पर्सा–१ मामिलामा महामन्त्रीले लेख्नुभएको पत्र पार्टी जिल्ला सभापतिले किन नमाने?

७. विनोद चौधरी केन्द्रीय सदस्य बन्न उपयुक्त हुनुहुन्थ्यो? क्रियाशीलताको १० वर्ष पूरा भएको थियो? गिरिजाप्रसाद कोइरालाले १० वर्ष नपुगेको भन्दै सुजाता कोइरालालाई उम्मेदवारी दिन नदिएको दृष्टान्त सम्झन लायक छ।

८. सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति सर्लाहीको जिल्ला सभापति पदमा अझै छन्। किन?

९. गठबन्धनका नाममा निष्ठावान साथीहरूलाई टिकटबाट वञ्चित गरियो। अहिले अनुशासनको नाममा तिनै साथीहरूलाई राजनीतिबाट समाप्त पार्ने प्रयास भइरहेको छ। पार्टी बलियो बनाउने हो भने, रुख चिन्ह नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवार बनेका सबैलाई एकपल्ट माफी दिइनुपर्छ—मैले यसअघि पनि भनेको थिएँ, आज पनि दोहोर्याउँछु।

१०. २०८० भाद्र २४ गते परासीमा बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा केन्द्रीय सदस्यहरूले बहिष्कार गर्नुभयो। २०८१ मंसिर १७ गते सप्तरीको कार्यक्रममा पनि मलाई रोक्ने प्रयास गरियो। कार्यक्रमको पूर्वसन्ध्यामा मैले नै भेटेर बुझाएँ—बीपीको शालिक अनावरण बहिष्कार गर्ने कांग्रेसका कार्यकर्ता हुन सक्दैनन्। तर उहाँहरू कार्यक्रममा सहभागी भएनन्। यस्ता कृत्य कांग्रेसी संस्कारसँग मेल खान्छन्?

भातृ संस्था
१. नेविसंघ, तरुण दल, महिला संघका विषयमा सभापतिज्यूको निवासमा भएको बैठकमा मैले स्पष्ट भनेको थिएँ—ठूलो समिति रहेसम्म अधिवेशन सम्भव छैन। त्यसैले पार्टीले नेतृत्व गरेर अधिवेशन गराऔँ।
पदाधिकारीहरूले नेविसंघ निर्देशक समितिको बैठकमा मैले म्याद थप्ने समर्थन गरेको भनिरहनु भएको छ। म अझै पनि भन्छु—जति म्याद थपे पनि अधिवेशन हुनेमा म विश्वस्त छैन। अहिले तरुण दल अनशनमा छन्, नेविसंघ आन्दोलनमा। तुरुन्त सम्बोधन आवश्यक छ।

२. महिला संघको विधान पार्टीकै जस्तै भएकाले पुरानो सदस्यता नवीकरण नभएसम्म अधिवेशन सम्भव छैन। अहिले २० जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन्। इलाममा भएको कार्यक्रममा महिला नेतृमाथि पुरुषद्वारा भएको दुर्व्यवहार पनि गम्भीर विषय हो। सभापतिज्यूको ध्यान जानुपर्छ।

३. नेपाल दलित संघका ४२ जिल्ला बिघटन गरिएको छ भन्ने खबर छ। के अब अधिवेशनमा जान खोजिएको हो कि बिघटन नै गर्ने निर्णय गरिएको हो? जिल्ला बिघटनको अधिकार अध्यक्षलाई कसले दियो?

अन्त्यमा,
म यी सबै कुरा बाध्य भएर राखिरहेको छु। पार्टीमा एकता रहोस्, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नहोस् भन्ने मेरो चिन्ता हो। १४औं महाधिवेशनमा पराजित भएपछिसमेत मैले कहिल्यै भागबण्डाको राजनीति गरेको छैन। सभापति र पदाधिकारीहरूको निर्णयमा कहिल्यै फरक मत राखेको छैन। तर, मेरो यही भद्रता र सहनशीलतालाई कमजोरी ठानिएको छ। (नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा राखेको धारणा) 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending