Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रधानमन्त्री कांग्रेसले लिनुपर्ने मेरो अडान थियो तर एमालेलाई किन दिइयो ?

डा. शेखर कोइराला

सर्वप्रथम, म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँले हालै पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। म सुरुदेखि नै पार्टी एकतामा विश्वास राख्ने व्यक्ति हुँ।

आज म केही तीतो तर यथार्थ कुराहरू राख्न गइरहेको छु। कृपया यसलाई कसैले व्यक्तिगत रूपमा नलिनुहोला।

हामी अहिले महाधिवेशनको वर्षमा छौं। म अझै पनि २०८२ सालको मंसिर महिनाभित्रै १५औं महाधिवेशन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ छु। यदि त्यो सम्भव छैन भने, त्यसका कारणहरू सभापतिज्यू तथा पदाधिकारीहरूले स्पष्ट रूपमा पार्टीलाई जानकारी गराउनु आवश्यक छ। पदाधिकारी साथीहरू महाधिवेशनका लागि सक्रिय रूपमा लागिपर्नुभएको देखिन्छ, जुन सकारात्मक पक्ष हो।

गठबन्धन
२०७९ को संघीय तथा प्रदेश निर्वाचनमा हामी माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा गयौं। अहिले एमालेसँग सत्ता साझेदारीमा छौं। त्यसबेला माओवादीसँग गठबन्धन गर्नुको कारण के थियो र अहिले एमालेसँग सत्ता सहकार्य गर्नुको आधार के हो?

म स्वयं कांग्रेस–एमाले गठबन्धनको पक्षमा थिएँ, तर मेरो अडान थियो—सत्ता नेतृत्व कांग्रेसको हुनुपर्छ। तर आज नेतृत्व एमालेले गरेको छ। किन? यदि यो गठबन्धन संविधान संशोधनका लागि हो भने, सात बुँदे सहमतिमा उल्लेख गरिएको संशोधनको मुद्दा अहिले कहाँ पुगेको छ? सभापतिज्यू, यो प्रश्नको चित्त बुझ्ने उत्तर आवश्यक छ।

अनुशासन समिति
१. अनुशासन समितिको बैठकमा सभापतिज्यूले भन्नुभएछ—‘चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने?’ यस्तो टिप्पणी के आधारमा गरियो? म स्पष्ट जवाफ चाहन्छु।

२. अनुशासन समितिमा अब केन्द्रीय समिति बाहिरका वरिष्ठ, निष्पक्ष र सक्षम साथीहरूलाई समावेश गर्नुपर्छ। हालको समिति कति कमजोर देखिएको छ भने, कारबाही सिफारिस भएका केन्द्रीय सदस्यहरूलाई सामान्य सोधपुछ वा जानकारी दिनेसम्मको सामर्थ्य छैन। एउटै प्रकृतिको मुद्दामा कसैलाई ‘सचेत’ गराउने र कसैलाई ‘निलम्बन’ सिफारिस गर्ने जस्ता विभेदपूर्ण व्यवहारले समिति निष्पक्ष बन्न सक्दैन।

३. पर्सा–१ मा गठबन्धनका नाममा लोसपालाई सिट दिइयो। उनी १११७ मतसहित चौथो भए। स्वतन्त्र रूपमा लड्नुभएका कांग्रेस नेता भने २०,९१७ मतसहित निकटतम प्रतिद्वन्द्वी भए। बलियो सिट किन गुमाइयो?

४. बारा–२ को उपचुनावमा उपेन्द्र यादवलाई टिकट दिनु हुँदैन, पार्टीकै नेता अघि सारौँ भनेका थियौं, तर त्यो सुन्ने चेष्टा गरिएन। मधेस प्रदेशमा सरकार कांग्रेसको नेतृत्वमा बन्ने भनेर तर्क दिइयो। आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ? कांग्रेस कहाँ छ?

५. २०७९ मा माओवादीसँग गठबन्धन गरियो। तर २०८० को उपचुनावमा तनहुँ–१ मा कांग्रेस, चितवन–२ मा एमालेका उम्मेदवारलाई समर्थन गर्दै दुई दलका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्ति आयो। यो कस्तो रणनीति थियो?

६. अनुशासन समितिका संयोजकले व्यक्तिगत रूपमा चिठी पठाउनु भयो। यस्तो अधिकार उहाँलाई कसले दियो? पर्सा–१ मामिलामा महामन्त्रीले लेख्नुभएको पत्र पार्टी जिल्ला सभापतिले किन नमाने?

७. विनोद चौधरी केन्द्रीय सदस्य बन्न उपयुक्त हुनुहुन्थ्यो? क्रियाशीलताको १० वर्ष पूरा भएको थियो? गिरिजाप्रसाद कोइरालाले १० वर्ष नपुगेको भन्दै सुजाता कोइरालालाई उम्मेदवारी दिन नदिएको दृष्टान्त सम्झन लायक छ।

८. सर्वोच्च अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति सर्लाहीको जिल्ला सभापति पदमा अझै छन्। किन?

९. गठबन्धनका नाममा निष्ठावान साथीहरूलाई टिकटबाट वञ्चित गरियो। अहिले अनुशासनको नाममा तिनै साथीहरूलाई राजनीतिबाट समाप्त पार्ने प्रयास भइरहेको छ। पार्टी बलियो बनाउने हो भने, रुख चिन्ह नभएका निर्वाचन क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवार बनेका सबैलाई एकपल्ट माफी दिइनुपर्छ—मैले यसअघि पनि भनेको थिएँ, आज पनि दोहोर्याउँछु।

१०. २०८० भाद्र २४ गते परासीमा बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा केन्द्रीय सदस्यहरूले बहिष्कार गर्नुभयो। २०८१ मंसिर १७ गते सप्तरीको कार्यक्रममा पनि मलाई रोक्ने प्रयास गरियो। कार्यक्रमको पूर्वसन्ध्यामा मैले नै भेटेर बुझाएँ—बीपीको शालिक अनावरण बहिष्कार गर्ने कांग्रेसका कार्यकर्ता हुन सक्दैनन्। तर उहाँहरू कार्यक्रममा सहभागी भएनन्। यस्ता कृत्य कांग्रेसी संस्कारसँग मेल खान्छन्?

भातृ संस्था
१. नेविसंघ, तरुण दल, महिला संघका विषयमा सभापतिज्यूको निवासमा भएको बैठकमा मैले स्पष्ट भनेको थिएँ—ठूलो समिति रहेसम्म अधिवेशन सम्भव छैन। त्यसैले पार्टीले नेतृत्व गरेर अधिवेशन गराऔँ।
पदाधिकारीहरूले नेविसंघ निर्देशक समितिको बैठकमा मैले म्याद थप्ने समर्थन गरेको भनिरहनु भएको छ। म अझै पनि भन्छु—जति म्याद थपे पनि अधिवेशन हुनेमा म विश्वस्त छैन। अहिले तरुण दल अनशनमा छन्, नेविसंघ आन्दोलनमा। तुरुन्त सम्बोधन आवश्यक छ।

२. महिला संघको विधान पार्टीकै जस्तै भएकाले पुरानो सदस्यता नवीकरण नभएसम्म अधिवेशन सम्भव छैन। अहिले २० जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन्। इलाममा भएको कार्यक्रममा महिला नेतृमाथि पुरुषद्वारा भएको दुर्व्यवहार पनि गम्भीर विषय हो। सभापतिज्यूको ध्यान जानुपर्छ।

३. नेपाल दलित संघका ४२ जिल्ला बिघटन गरिएको छ भन्ने खबर छ। के अब अधिवेशनमा जान खोजिएको हो कि बिघटन नै गर्ने निर्णय गरिएको हो? जिल्ला बिघटनको अधिकार अध्यक्षलाई कसले दियो?

अन्त्यमा,
म यी सबै कुरा बाध्य भएर राखिरहेको छु। पार्टीमा एकता रहोस्, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नहोस् भन्ने मेरो चिन्ता हो। १४औं महाधिवेशनमा पराजित भएपछिसमेत मैले कहिल्यै भागबण्डाको राजनीति गरेको छैन। सभापति र पदाधिकारीहरूको निर्णयमा कहिल्यै फरक मत राखेको छैन। तर, मेरो यही भद्रता र सहनशीलतालाई कमजोरी ठानिएको छ। (नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा राखेको धारणा) 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending