सिराहा । जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन् । डिभिजन वन कार्यालय सिराहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो ।
लहान नगरपालिका–१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार ५०० बढी बिरुवा रोपिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिए । उक्त बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने उनले स्पष्ट पारे ।
लहान–१५ को कोइरालो खोला सामुदायिक वन उपभोक्ता समितिले पनि आँप, कागतीलगायत करिब ५०० फलफूलका बिरुवा वनभित्रको खाली क्षेत्रमा रोपेको समितिका अध्यक्ष रुद्र नारायण चौधरीले बताए ।
‘एक नागरिक, एक बिरुवा’ भन्ने नारासहित यो महाअभियानले चुरे क्षेत्रका उजाड डाँडाहरूलाई फेरि हरियालीमा परिणत गर्ने लक्ष्य लिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले भने, “स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा थालिएको अभियानले चुरेको वातावरणीय संरक्षणमा ठुलो टेवा पुग्ने विश्वास लिएका छौँ ।”
चुरेको नाङ्गा डाँडामा गरिएको वृक्षरोपणलाई दिगो रूपमा संरक्षण गर्न आवश्यक रहेको भन्दै उनले ती बिरुवालाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पारे । उनले माटोको कटान, भू–क्षय, पानीको अभावलगायत समस्या समाधान गर्न वृक्षरोपणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
“चुरे पहाड र मधेशबिचको सम्बन्ध केवल भौगोलिक मात्र होइन, जलवायु, जलस्रोत, कृषि, जीविकोपार्जन र वातावरणीय सुरक्षासँग गाँसिएको विषय हो”, वातावरणविद् उमेश यादवले भने, “चुरे संरक्षित रह्यो भनेमात्र मधेश सुरक्षित रहन्छ । कृषि उत्पादन बढ्छ, बाढी र सुक्खा हुनेक्रम घट्छ । भविष्यका पुस्तालाई शुद्ध हावा र पानी उपलब्ध गराउन सकिन्छ । त्यसैले चुरे संरक्षणका लागि गम्भीर, दीर्घकालीन र समन्वित कदम चाल्न आवश्यक छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: