विराटनगर । कोशी प्रदेशमा यस वर्ष धान रोपाईले गत वर्षको तुलनामा केही बढी भएको छ । असारको दोस्रो साता १३ गतेसम्ममा कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइ भएको हो । कृषि विकास निर्देशनालय, कोशी प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष यही अवधिमा १३.७१ प्रतिशत मात्र रोपाई भएको थियो ।
निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा हालसम्म ३९ हजार ३८६.२६ हेक्टरमा धान रोपाई भइसकेको छ ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा, मध्य पहाडी जिल्लाहरूमा रोपाईको गति सबैभन्दा अगाडि देखिएको छ । निर्देशनालयको विवरण अनुसारमध्य पहाडमा औसत २४.९२ प्रतिशत रोपाई हुँदा, उच्च पहाडी जिल्लाहरूमा १०.९४ प्रतिशत र तराईका जिल्लाहरूमा १०.७८ प्रतिशत रोपाई भएको छ ।
जिल्लागत रूपमा, पाँचथरमा सबैभन्दा बढी ४५ प्रतिशत र भोजपुरमा ४२ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ, जुन प्रदेशकै उच्च हो । त्यस्तै, ओखलढुङ्गामा ३१ प्रतिशत र खोटाङमा ३१.३० प्रतिशत रोपाई भएको छ। यता, धान उत्पादनको मुख्य क्षेत्र मानिने तराईका जिल्लाहरूमा भने रोपाईको गति केही सुस्त देखिएको छ। झापामा ८ प्रतिशत, सुनसरीमा ९ प्रतिशत र मोरङमा १५ प्रतिशत रोपाई भएको छ। सबैभन्दा कम रोपाई सोलुखुम्बुमा ६.३१ प्रतिशत मात्र भएको छ भने संखुवासभा र धनकुटामा पनि समान ७ प्रतिशत मात्र रोपाई भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: