Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध, अब बिक्रीका लागि राखिएका कुकुरलाई के गरिन्छ ?

देशभरिका फार्महरूमा मासु उपभोगका लागि पालिएका पाँच लाख कुकुर बाँकी रहेको अनुमान छ
खबरडबली संवाददाता

काठमाडौं । रेभरेन्ड जू योङ्-बङ् धार्मिक प्रवचनहरू दिने कामबाट फुर्सद भएका बेला मासुका निम्ति कुकुर पाल्ने गर्छन्।

तर अहिले त्यो व्यवसाय राम्रो चलेको छैन। वास्तवमा, अब यो व्यवसाय गैरकानुनी बन्ने सङ्घारमा पुगेको छ।

"गत गर्मीयामदेखि नै हामीले हाम्रा कुकुर बेच्न चाहेका थियौँ। तर व्यापारीहरू अनकनाइरहेका छन्," ६० वर्षीय जू ले बीबीसीलाई भने। "एकजना पनि किन्न आएनन्।"

कुकुरको मासु उपभोगमा प्रतिबन्ध

सन् २०२४ मा दक्षिण कोरियाली सरकारले उपभोगका निम्ति कुकुरको मासुमाथि देशव्यापी प्रतिबन्ध लगायो। गत ज्यानुअरीमा पारित भएको कानुनले जू जस्ता किसानहरूलाई सन् २०२७ को फेब्रुअरीभित्र तिनका व्यवसाय बन्द गरेर बाँकी पशु विक्री गरिसक्न समय दिएको छ।

तर कतिपयका अनुसार पुस्तौँदेखिको व्यवसायहरू सम्मिलित उक्त उद्योगलाई चरणबद्ध ढङ्गबाट अन्त्य गर्न त्यो समय अपुग छ। साथै अधिकारीहरूले त्यस्ता किसान अनि पालिएका करिब पाँच लाख कुकुरहरूको सुरक्षित व्यवस्थापनबारे केही व्यवस्था गरेका छैनन्।

जानकार तथा पशुअधिकारवादीसहित प्रतिबन्धका समर्थकहरूले त्यसको कार्यान्वयनका कठिनाइबारे प्रश्नहरू उठाएका छन् – मासुका निम्ति मार्नबाट बचाइएका कुकुरहरूको पुनर्स्थापनाको कठिनाइ, जसकारण अब तिनलाई युथेनेजिया - वा तिनको दु:ख निवारणका निम्ति नियतवश मारिने काम – गरिने चिन्ता उनीहरूलाई छ।

सरकारले दिएको समयसीमाको मध्यमा आइपुग्दा किसानहरूले ती कुकुर किन्ने ग्राहक भेटेका छैनन् र तिनको फार्म बन्द हुन सकेका छैनन्। तिनलाई बिहान बेलुका हातमुख जोर्न चुनौती भएको छ।

"मानिसहरू पीडित छन्," कोरिएन असोसिएसन अफ एडिबल डग्सका अध्यक्ष समेत रहेका जू ले बताए। "हामी ऋणमा डुब्दै छौँ, तिर्न सक्दैनौँ, अनि कतिपयले त…अर्को काम पनि भेटेका छैनन्।" "अवस्था निराशापूर्ण छ।"

अवरोधको आँधी

६०० वटा कुकुर तह लगाउन अब चान-वुसँग केवल १८ महिना बाँकी छ। 

त्यसपछि यी ३३ वर्षीय किसान – जसको नाम परिवर्तन गरिएको छ – ले दुई वर्षसम्मको जेल सजायको जोखिम बेहोर्ने छन्।

"वास्तवमा भन्दा मेरै फार्ममा पनि त्यो समयभित्र कति कुकुर बाँकी रहलान् भनेर मैले सोच्न सकेको छैन," उनले भने। "यतिखेर मैलै मेरा सबै सम्पत्ति यही फार्ममा लगानी गरेको छु – अब मेरा कुकुर किन्ने पनि कोही छैनन्।"

किन्ने कोही छैनन् भनेर उनले केवल ती व्यापारी वा मासु विक्रेतालाई – जसले विगतमा हप्तामा आधा दर्जन जति कुकुर उनीसँग किन्थे - मात्र इङ्गित गरेका होइनन्।

उनको सङ्केत पशुअधिकारवादी अभियानकर्मीहरू तथा अधिकारीहरूप्रति पनि लक्षित छ्न् जसले, उनको विचारमा, कुकुरको मासुको व्यापार त अवैध बनाए तर बाँकी बचेका पशुबारे के गर्ने भन्ने स्पष्ट योजना अघि सार्न सकेनन्। त्यस्ता कुकुरको सङ्ख्या पाँच लाख हाराहारीमा रहेको सरकारी अनुमान छ।

"कुनै योजनाविना तिनले कानुन पारित गरे। अब भन्दैछन् कि तिनले हाम्रा कुकुर पनि लिन सक्दैनन्।"

ह्युमेन वर्ल्ड फर एनिमल्स कोरिया (ह्वाक)का अभियान व्यवस्थापक लि साङ्क्यङले ती चिन्तामा सहमति जनाए।

"कुकुरको मासुमा प्रतिबन्ध लगाउने कानुन त पारित भयो तर सरकार तथा नागरिक समूह अझै पनि बाँकी कुकुरको कसरी उद्धार गर्ने भन्ने बारे अन्योलमा छन्," उनले भने।

कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयका प्रवक्ताले बीबीसीलाई ती किसानले कुकुरको स्वामित्व छाडिदिए तिनको आश्रयस्थलमा राखेर देखभाल गर्ने काम र स्वामित्व स्थानीय सरकारहरूसँग रहने बताए।

तर त्यसपछि ती कुकुरलाई अरूलाई घरमा पाल्न दिएर पुनर्स्थापित गर्ने काम भने चुनौतीपूर्ण छ।

कुकुरको मासु उद्योगमा तौल बराबर नाफा हुने हुनाले फार्महरूले ठूलो आकारका कुकुर राख्ने गर्थे। तर दक्षिण कोरियाको सहरी समाज जहाँ मानिसहरू अपार्टमेन्टमा बस्छन् त्यहाँ तिनको रुचि साना आकारका कुकुर पाल्नमा हुने गर्छ।

साथै मासुका निम्ति पालिएका कुकुरका फार्मबाट ल्याइएका जनावर पाल्नलाई रोगको आशङ्का र अन्य कारणले पनि समाजमा अरुचि पाइन्छ।

अनि त्यस्ता धेरै कुकुर या त पूर्ण वा मिश्रित रूपमा तोसा-इनु प्रजातिका हुने गर्छन् जसलाई 'खतरनाक' भनेर वर्गिकरण गरिएको छ र जसलाई घरमा पाल्न सरकारको अनुमति आवश्यक पर्छ।

यसबीच उद्धार गरेर राखिने आश्रयस्थलहरू अहिले नै भरिएका छन्।  अवरोधहरूका यी आँधीले अनौठो विडम्बना सिर्जना गरेको छ: अन्यत्र कतै लैजाने विकल्प नहुँदा ती कुकुरलाई 'युथनेजिया' गरिन्छ वा ती मारिन्छन्।

चान वू भन्छन्, "यो अविश्वसनीय छ।" "यी समूहहरूको माग अनुसार कानुन बनाइएपछि, उनीहरूले कुकुरहरूको व्यवस्थापनका लागि पनि काम गरे होलान् भन्ने सोचेको थिएँ जस्तो कि उनीहरू आफ्नो जिम्मेवारी लिन्छन् त्यसैगरी। तर अहिले मैले सुनिरहेको छु कि उनीहरू युथनेजिया मात्र एक उपाय हो भनिरहेका छन्।"

कोरियन एनिमल वेलफेयर एसोसिएसनका प्रमुख चो ही क्यूङले सेप्टेम्बर २०२४ मा स्वीकार गरेकी थिइन् कि पशुअधिकार समूहहरूले धेरैभन्दा धेरै जनावर उद्धार गर्ने प्रयत्न गरे पनि "उद्धार हुन नसकेका कुकुरको सङ्ख्या अझै बाँकी हुनेछ।"

उनी भन्छिन्, "यदि बाँकी भएका कुकुर 'हराएका वा छोडिएका' बन्न पुगे भने त्यो दर्दनाक कुरा हुन्छ किनभने तिनलाई युथनेजिया गर्नुपर्ने हुन्छ।"

त्यसबारे चिन्ता प्रकट हुन थालेपछि सरकारले उनीहरूलाई मार्ने योजना "निश्चित रूपमा" नबनाएको बताएको थियो।

हालै कृषि मन्त्रालयले बीबीसीलाई बताए अनुसार वार्षिक रूपमा ६ अर्ब कोरियन वन (४३ लाख डलर) जनावरका लागि आश्रयस्थल बनाउनमा लगाइने छ र आफ्नो व्यवसाय छिटै नै बन्द गर्न चाहने किसानहरूलाई प्रति कुकुर ४५० डलर उपलब्ध गराइने छ।

ह्युमेन वर्ल्ड फर एनिमल्स कोरिया (ह्वाक)ले भने मन्त्रालयसँग चरणबद्ध रूपमा कुकुरको मासु व्यवसाय बन्द गर्ने योजनामा उद्धार कार्यको विषय पनि समेट्ने गरी स्पष्ट योजना बनाउन आग्रह गरिरहेको बताएको छ।

सन् २०१५ देखि दक्षिण कोरियाली मासु फार्मबाट ह्वाकले करिब २,८०० कुकुरलाई विभिन्न घरहरूमा पठाएको र जनावरसम्बन्धी परोपकारी संस्थाहरूले वर्षौँदेखि फार्ममा रहेका सबै कुकुर उद्धार गर्न सक्लान् भन्ने अपेक्षा राख्न नहुने ह्वाकले बताएको छ।

सोल न्याशनल युनिभर्सिटीमा जनावर सम्बन्धी पढाइने भेट मेडिकल एजुकेशनकी निर्देशक चुन म्युङ-सन बाँकी रहने कुकुरबारे कोरियाली सरकारसँग योजना अभाव रहेकोमा सहमत छिन्।

उनी भन्छिन्, "बाँकी रहने कुकुर कसरी 'तह लगाउने' भन्नेबारे ठोस छलफल आवश्यक छ। "

"घर घरमा पठाउने र मरण दुवै छलफलको एजेन्डा हुनुपर्छ। तर यदि मासुका लागि काटिनेस्थितिबाट मरणको स्थितिमा पुग्यो भने मानिसहरू दु:खी र आक्रोशित हुने छन् भन्ने बुझिन्छ।"

जीविकोपार्जन सङ्कट

कसैले त्यसको समाधानका लागि उद्धार गरेका कुकुरलाई क्यानडा, यूके र अमेरिका जस्ता देशमा कुकुर पाल्न चाहनेहरूलाई पठाइदिएका छन्।

सन् २०२३ मा ह्वाकको एक टोलीले आसान सीटीबाट २०० कुकुर उद्धार गरेर अहिले सम्ममा सबै कुकुरहरूलाई क्यानडा र अमेरिका पठाएको छ।

त्यस फार्मका पूर्व मालिक ७४ वर्षीय याङ जोङ टेले बीबीसीलाई उद्धारकर्ताहरूले उनका कुकुरहरू ट्रकमा भरिरहँदा प्रदर्शन गरेका करुणा देखेर आफू आश्चर्यचकित भएको बताए।

"उनीहरूले जनावरलाई मानिसलाई जस्तै माया र विनम्रतासाथ व्यवहार गरेको देखेर म त भावुक भएको थिएँ," उनले भने।

"हामीले उनीहरूलाई त्यस्तो व्यवहार गर्दैनौँ। हाम्रा लागि कुकुर पाल्नु जीवन निर्वाहको एक उपाय हो। तर पशु अधिकार समूहले कुकुरहरूलाई मानिसहरूलाई जस्तै सम्मानसाथ व्यवहार गरेका थिए त्यसले मेरो मन नै छोयो।"

तर याङले कुकुरको मासुमा प्रतिबन्ध लगाउने कुरामा असहमति प्रकट गरे।

"यदि जनावर भएका कारण कुकुरको मासुमा प्रतिबन्ध लगाउने हो भने किन गाई, सुँगुर वा कुखुरा जस्ता जनावरको मासु चाहिँ खान पाइन्छ? कुरा त उही हो। ती जनावर पनि प्रकृतिमा मानिसका लागि हुन्।"

तर चुनका अनुसार कुकुरको मासु खानु र अरू मासु खानु एउटै होइन।

दक्षिण कोरियाको औपचारिक तथा नियमबद्ध मासु उत्पादन प्रणालीमा कुकुरको मासु व्यवसाय परेको छैन त्यसैले खाद्य सुरक्षा र स्वास्थ्यका दृष्टिकोणबाट कुकुरको मासु खानु तुलनात्मक रूपमा खतराजन्य हुन्छ।

ह्यूमेन वर्ल्ड फर एनिमल्सका अनुसार चीन, घाना, इन्डोनेसिया, नाइजेरिया, थाइल्यान्ड र भारतको केही भागमा पनि कुकुरको मासु खाइन्छ।

कुकुरको मासु खाने दर कोरियाको इतिहासमा तलमाथि भइरहेको देखिन्छ तर पछिल्ला वर्षमा दक्षिण कोरियामा यो सामाजिक रूपमा वर्जित जस्तो बन्दै गइरहेको छ।

सरकारले सन् २०२४ मा गरेको एक मत सर्वेक्षणमा जम्मा ८ प्रतिशतले मात्र गएको १२ महिनामा कुकुरको मासु खाएको बताए। सन् २०१५ मा त्यस्तो सङ्ख्या २७ प्रतिशत थियो। करिब ७ प्रतिशतले सन् २०२७ को फेब्रुअरीसम्म पनि खाइरहने बताए। र, करिब ३.३ प्रतिशतले प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयनमा आएपछि पनि कुकुरको मासु खाइरहने बताए।

प्रतिबन्ध घोषणा भएयता कोरियाका १५३७ कुकुर पाल्ने फार्महरूमध्ये ६२३ वटा बन्द भइसकेका छन्।

चुन भन्छिन्, "समाज र संस्कृति परिवर्तन हुँदै जाँदा दक्षिण कोरियाली समाजले कुकरको मासु उत्पादन बन्द गर्ने निर्णय गरेको छ।"

अझै पनि कैयौँका लागि कुकुरको मासु उत्पादन जीवन निर्वाहको बाटो हो।

बीबीसीले कुरा गरेका कुकुरको मासु व्यवसाय सम्बद्ध हरेक व्यक्तिले कुकुरको मासु गैर कानुनी बनेपछि आफ्नो जीवन निर्वाहको उपाय के होला भन्नेबारे अनिश्चय प्रकट गरे।

कतिले आफू गरिबीमा फर्केको र कोरियाली युद्धका बेला जन्मिएका आफूहरू कसरी भोकै बस्ने भन्नेमा अभ्यस्त रहेको बताए। अरू कतिले कुकुरको मासु उत्पादन भूमिगत रूपमा भइरहने बताए।

यो कारबाही खासगरी युवा पुस्ताका लागि विशेष रूपमा चिन्ताजनक भएकोमा धेरै सहमत छन्।

"यो उद्योगमा रहेका युवाहरूले निराशाजनक वास्तविकताको सामना गरिरहेका छन्" जू भन्छन्। "उनीहरू आफ्ना कुकुर बेच्न पनि सक्दैनन् र उनीहरू मासु बेच्ने काम छिटै बन्द गर्न पनि सक्दैनन्। अगाडि वा पछाडि जाने बाटो नभएर उनीहरू अड्किएका छन्।"

चान वूले २३ वर्ष अगाडि कुकुरको मासु व्यवसाय थालेका थिए। "त्यसबेला कुकुरको मासुलाई त्यति नकारात्मक रूपमा हेरिन्नथ्यो।"

"त्यसो भए पनि," उनले भने, "मेरा वरिपरि रहेका मानिसहरूको टिप्पणी सुन्दा त्यतिबेला पनि कुकुरको मासु व्यवसाय म मेरो बाँकी जीवनभर गरिरहन्छु जस्तो लाग्दैनथ्यो।"

प्रतिबन्ध उनले अपेक्षा गरेको भन्दा चाँडो आयो - त्यो घोषणा भएपछि "जीवन निर्वाहको बाटो अनिश्चित भएको छ।"

"अहिले हामी आशा गरिरहेका छौँ कि छुट अवधि केही बढोस् ता कि बाँकी रहेका कुकुरहरूको व्यवस्थापन बिस्तारै गर्न सकियोस्।"

अरू पनि त्यस्तै आशा गरिरहेका छन्। तर जू लाई लाग्छ कुकुरको मासुमाथि प्रतिबन्ध लगाएपछि त्यसमा निर्भर रहेका मानिसहरूमध्ये कैयौँ भने अनिश्चितताको यो समय धेरै झेल्न सक्ने छैनन्।

"अहिलेसम्म केही परिवर्तन हुनेछ कि भन्नेमा मानिसहरू अझै पनि आशावादी छन् - शायद छुट अवधि बढाइने छ भन्नेमा," उनी भन्छन्।

"तर मलाई लाग्छ सन् २०२७ आएपछि केही नराम्रो हुने नै छ। किनभने यहाँ यति धेरै मानिसको जीवन अस्तव्यस्त भएको छ।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending