बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि एक करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भेडापालनका लागि –१ करोड १२ लाख रुपियाँ बजेट छुट्टयाएको जानकारी दिए ।
निसीखोलाको भूगोल अधिकांश लेकाली बस्ती हो । पशुपालन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गर्दैआएका छन् । मध्यपहाडी लोकमार्गले रुकुम जोडेकाले मध्यभागमा भने यातायातको सहज पहुँच बढेको छ । तर ग्रामीण क्षेत्रका अधिकांश नागरिक भने पशुपालन र कृषि क्षेत्रमा आवद्व छन् ।
गाउँपालिकाले पनि कृषि र पशुपालनको क्षेत्रमा लगानी र कार्यक्रम जोडेको छ । निसीखोलाका अधिकांश किसान निसेल ढोर, बुकी र रुकुमतर्फको लेकमा पशुचरनका लागि पुग्ने गर्छन् ।
भेडा मासुका लागि बिक्री गरिन्छ भने गाईभैसी दुधका लागि उपयोगी छन् । वर्षातमा स्थानीय निसेलढोरदेखि बुकीसम्म पशु चरनका लागि पुग्ने गर्छ । ठूला चाडपर्वमा निसेलढोर पुगेर धेरै व्यवसायीले भेडाच्याङग्रा खरिद गर्छन् । ‘पशुपालनका लागि निसीखोला उर्वर भएकाले बजेटमा प्राथमिकता दिइएको हो’ उपाध्यक्ष घर्तीले भने ।
भेडापालनलाई व्यवसायलाई व्यवस्थित र नयाँ पुस्तालाई आर्कषित गर्नसके समृद्व निसीखोलाको सपना साकार हुने उनको आशा छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड २४ लाख २१ हजारको बजेट विनियोजन गरेको छ ।
यसवर्ष पर्यटन क्षेत्रलाई समेत प्राथमिकता दिँदै ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निसीखोलाको ऐतिहासिक महत्व बोकेको ‘रिग ताल’ संरक्षण तथा व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका कार्यालय घेराबार र पार्किङमा ५० लाख बजेट छुट्याएको छ ।
समानीकरण अनुदानततर्फ संघीय सरकारबाट ९ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने आय संघीय सरकार १० करोड ८२ लाख ६४ हजार, सशर्त अनुदान चालु संघीय सरकार २३ करोड ९१ लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार ४६ लाख, समपुरक अनुदान संघीय सरकार एक करोड ५२ लाख, विशेष अनुदान संघीय सरकारबाट १ करोड १२ लाख, समानीकरण अनुदान गण्डकी प्रदेश सरबारबाट १ करोड १५ लाख ८३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: