Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा

खबरडबली संवाददाता

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपालिकाका आठ वटा वडाका चार सय ७९ वटा घर बाढीपहिरोको जोखिममा रहेका छन् ।

विपत् व्यवस्थापन समिति काठेखोलाका सदस्य सचिव मिन बहादुर थापाले खोला किनारमा रहेका ३० वटा घर बाढीको जोखिममा रहेको बताए । उनले कमजोर भिरालो जमिनमा रहेका २ सय ७७ घर र मोटरबाटोको छेउमा रहेका १ सय ७२ वटा घर पहिरोको उच्च जोखिममा रहेको बताए । 

सदस्य सचिव थापाले सबैभन्दा बढी वडा नंं ७ रेशका एक सय २६ घर र सबैभन्दा कम वडा नं. ६ तल्लो बिहुँको ९ घर बाढि पहिरोको जोखिममा रहेको बताए । उनले रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेको र ६६ वटा घर बस्तीको छेउछाउ मोटरबाटो निर्माणको कारण पहिरो जानसक्ने जोखिममा रहेको बताए । यस्तै बिउको ९ घर पहिरो जाने भिरालो जमिनमा रहेको जानकारी दिए । 

विपत् व्यवस्थापन समितिका अनुसार वडा नं. २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेको र पाँच घर मोटरबाटो निर्माणपछि जोखिममा रहेको, वडा नं. ३ धम्जाका एक घर खोलाको जोखिममा, ४६ घर पहिरो जानसक्ने भिरालो जमिनमा र २१ घर सडक निर्माणपछि जोखिममा रहेको, वडा नं. ४ तंग्रामका १३ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको र २२ घर सडक निर्माणपछि पहिरोको जोखिममा रहेका छन् ।

यस्तै वडा नं. ५ बिहुँका १४ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको, ५८ घर सडक निर्माणपछि पहिरोको जोखिममा रहेको र वडा नं. ८ लेखानीका ५८ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको सदस्य सचिव थापाले बताए । विपत् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरहरुको डाटा संकलन गरेर पूर्वसचेतना अपनाइसकेको छ । थापाले दुर्घटना हुन नदिनको लागि पूर्व तयारी गरी सजगता अपनाइएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी

जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ। गाजा शहरको दक्षिणपश्चिममा र...

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्...

सीमा क्षेत्रमा भएको झडपमा पहिलो गैर–सैनिक थाइ नागरिकको मृत्यु

बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्...

हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी

काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...

सङ्खुवासभामा आगलागीमा परेर एक वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...

‘नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना छ’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...

पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...

एमाले विधान विवाद: विधि कि व्यक्ति ?

बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending