ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरको बजेट ल्याएको हो ।
आइतबार प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित गाउँपालिकाको १७ औं सभा तथा अधिवेशनमा उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले आगामी आवका लागि कुल ५८ करोड ७५ लाख आठ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गरेका हुन् । उपाध्यक्ष डा. माबोद्वारा प्रस्तुत कुल बजेटमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ७८ लाख रुपियाँ रहेको छ ।
यस्तै सङ्घीय सरकारकै राजस्व बाँडफाँडतर्फ १० करोड ६० लाख ७१ हजार रुपियाँ, रोयल्टी बाँडफाड पर्वतारोहणतर्फ पाँच लाख ६९ हजार ८६३ रुपियाँ रहेको छ । सशर्त अनुदानतर्फ २६ करोड ३८ लाख, समपुरक अनुदानतर्फ ८७ लाख र विशेष अनुदानतर्फ एक करोड १३ लाख रुपियाँ रहेको छ ।
त्यस्तै उपाध्यक्ष डा. माबोले प्रस्तुत गरेका बजेट विवरणअनुसार प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ एक करोड १४ लाख ३४ हजार रुपियाँ रहेको छ । प्रदेश सरकारकै सवारीसाधन कर बाँडफाँडतर्फ ७१ लाख ८७ हजार रुपियाँ, समपुरक अनुदानतर्फ एक करोड ३० लाख रहेको छ । सशर्त अनुदानतर्फ भने एक करोड ५२ लाख ५७ हजार रुपियाँ रहेको बजेट विवरणमा उल्लेख छ ।
यसैगरी प्रदेश सरकारकै दहत्तर बहत्तर बाँडफाडतर्फ पाँच लाख रुपियाँ, घरजग्गा रजिष्ट्रेसन (मालपोत) बाँडफाडतर्फ १० लाख रुपियाँ र आन्तरिक आयतर्फ बैङ्क मौज्दातसहित ६६ लाख ६५ हजार रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । एक नगरपालिका र आठवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिरिजङ्घा गाउँपालिका दोस्रो भएको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्नेमा सिदिङ्वा गाउँपालिका पहिलो भएको छ । सिदिङ्वाले गत असार ५ गते बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको थियो । सोमबार आठराई त्रिवेणी गाउँपालिकासहितका स्थानीयले आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । जिल्लाको एक मात्र फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाले असार १० गते मङ्गलबार बजेट सार्वजनिक गर्ने तयारी गरेका बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: