Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रुपा गाउँपालिकामा असार महिनामै ८० प्रतिशत खर्च

खबरडबली संवाददाता

पाेखरा । आर्थिक वर्षको चौथो त्रैमासिक र अझ असार महिनामै तीन तहकै सरकारले ठुलो मात्रामा बजेट खर्च गर्छन् । 

वर्षको अन्तिममा हतारहतार काम र भुक्तानी दिँदा अनेक कमजोर हुन सक्छन्, त्यसैले यसलाई ‘असारे विकास’ भन्ने गरिएको छ । कास्कीका सबै पालिकाले असारमा चौथाइभन्दा बढी खर्च गरेका छन् । रुपा गाउँपालिकाले भने खर्चको ८० प्रतिशत असारमा गरेको देखिएको छ । महालेखा परीक्षकको प्रतिवदेनले रुपाले आर्थिक वर्ष २०८०/०८१ को असारमा नै ८० दशमलव सात प्रतिशत खर्च गरेको देखाएको छ । 

पालिकाले असारमा मात्र ४६ करोड ६७ लाख भुक्तानी गरेको छ । पहिलो त्रैमासिकमा २४ लाख ७५ हजारमात्र खर्च गरेको रुपाले दोस्रो चैमासिकमा सात प्रतिशत, तेस्रो त्रैमासिकमा २२ दशमलव नौ प्रतिशत खर्च गरेको छ । महालेखाले लेखेको छ, “अन्तिम त्रैमासिक तथा बर्सान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने देखिएकाले नियममा भएको व्यवस्था अनुरुप चौथो त्रैमासिक र असारमा बढी खर्च गर्ने परिपाटी नियन्त्रण गरेर प्रत्येक त्रैमासिकमा समानुपातिक ढङ्गले खर्च गर्न पहल गर्नुपर्दछ ।” 

गाउँपालिकाले स्थापना दिवसमा मात्रै १८ लाख २४ हजार नौ सय ९१ खर्चेको छ । सालबसाली दिवसमा आन्तरिक आयको ३३.३३ प्रतिशत खर्चनुलाई स्वभाविक मान्न मिल्दैन । रुपाको आन्तरिक आय ५४ लाख सात हजारमात्र छ । पदाधिकारी सुविधामा मात्रै ७७ लाख १७ हजार खर्च खर्च भएको छ । यो पालिकाको आन्तरिक आयको एक सय ४२ दशमलव सात प्रतिशत हुन आउँछ । २५ लाख अबण्डा राखी पाँच लाख आर्थिक सहायता वितरण र प्रमुखको तोकआदेशबाट २० लाख खर्च भएको देखिन्छ ।

कुल बजेट ४९ करोड ६० लाख भएकोमा चालुतर्फ ७० दशमलव आठ  प्रतिशत अर्थात ३५ करोड १५ लाख र पुँजीगतपर्फ २९.१४ प्रतिशत अर्थात् १४ करोड ४५ लाख विनियोजन भएको छ । पुँजीगत खर्च साह्रै कम राखेको रुपाले एक सय ७१ आयोजना कार्यान्वय गर्दा एक लाखसम्मका आयोजना ५६ वटा थिए ।

रुपाको गत वर्षसम्म ११ करोड ६६ लाख ९९ हजार बेरुजू रहेकोमा अद्यावधिक बेरुजू ११ करोड ९४ लाख छ । त्यसमध्ये असुल गर्नुपर्ने १० हजार, प्रमाण, कागजात पेश गर्नुपर्ने सात लाख ५० हजार, नियमित गर्नुपर्ने ३८ लाख ३५ हजार र पेस्की बाँकी चार लाख ३९ हजार देखिन्छ । वितरणमुखी कार्यक्रम सञ्चालन, लक्ष्य अनुसार असुली नहुने, अनुदानको अनुगमन नभएको, आन्तरिक लेखा परीक्षण प्रणाली कमजोर भएकोसमेत महालेखाले औंल्याएको छ ।

पालिकामा करदाताको व्यवस्थित अभिलेख नरहेको र करदाताले कर बुझाउन ल्याएको अवस्थामा मात्र कर र एवम् शुल्क बुझ्ने परिपाटी देखिएको छ । स्वीकृत दरबन्दीमध्ये ७१ कर्मचारी करारमा राखी एक करोड ५५ लाख ८३ हजार खर्च लेखिएको छ । पदपूर्तिका लागि लोकसेवा र मन्त्रालयलाई सूचनासमेत नदिएको महालेखाले औंल्याएको छ ।

मापदण्ड र कार्यविधिसमेत नबनाई ११ लाख ६० हजार पालिकाले आर्थिक सहायता बाँडेको छ । जुन आन्तरिक आयको २१.४५ प्रतिशत हो । एक करोड ७१ लाख कृषि अनुदान वितरण गरेको पालिकाले प्रभावकारी अनुगमन र अनुदानको प्रभावकारिता मूल्याङ्नमा यथोचित ध्यान नदिएको प्रतिवेदनमा लेखिएको छ । रुपा गाउँपालिकाले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्षका लागि ४९ करोड हाराहारीको बजेट ल्याउने तयारी छ । अध्यक्ष नवराज ओझा तीन कारणले गर्दा असारमा भुक्तानी बढी देखिएको बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending