बनेपा । काभ्रेपलान्चोकको बनेपा नगरपालिका-गोदामचोक नजिक भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार पनौती तर्फबाट बनेपातर्फ आउँ दैगरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२.०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला काभ्रे तेमाल गाउँपालिका– १ का ज्ञानध्वज तामाङको मृत्यु भएको हो ।
उक्त गाडीको ठक्करबाट टाउकोमा गम्भिर चोट लागि घाइते भएका तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिई फरार रहेका छन् । योद्दा गाडी धनी धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने अजय यादव रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
यसैबिच बिपी राजमार्ग अन्तर्गत पनौती नगरपालिका–५ सुन्दरबस्तीमा भकुन्डेबाट काठमाडौतर्फ जाँदै गरेको बा.प्र.०३.०२.०१० प २३१० न. को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको बा.प्र.०३.००१ ज ४४१ नम्बरको इभी गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।
इभी गाडीको ठक्करबाट मोटरसाइकल चालक बर्दिबास नगरपालिका ५ बस्ने नेपाली सेनाको बर्दिबास फिल्ड अस्पतालामा कार्यरत श्यामकुमार थिङ र मोटरसाइकलको पछाडि बस्ने काठमाडौ घर भई हाल सर्लाहीस्थित नेपाली सेनाको कालिध्वज गणमा कार्यरत सिपाही सरस्वती तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
घाइले सरस्वतीको दुबै हात र कम्मरमा चोट अवस्था गम्भिर रहेको र श्यामको अवस्था मध्यम रहेको उनले बताए । घाइते दुबैको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: