Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सङ्क्रमणकालीन न्यायका विषयमा तीन शीर्ष नेताबीच छलफल

खबरडबली संवाददाता

काठमाडौं । सङ्क्रमणकालीन न्यायका विषयमा तीन शीर्ष नेताबीच छलफल भएकाे छ । नेकपा एमाले अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिच सङ्क्रमणकालीन न्यायका विषयमा छलफल भएको छ हाे ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरूबिच छलफल भएको हो । उनिहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने कुराहरू पनि समेटिएकोले ती विषयहरू बैठकमा राखिएको बताए । 

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण भई कामहरू प्रारम्भ भइसकेको अवस्था रहेको बताउँदै ती विषयहरूलाई पनि छलफलमा ब्रिफिङ गरेर जानकारी गराउने काम भएको बताए । यस्तै, आयोगहरूको कार्यालय र सवारीसाधन व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको थियो । बैठकमा सङ्क्रमणकालीन न्याय कसरी अगाडी बढ्दै छ भन्ने विषयमा छलफल केन्द्रित भएको र बाँकी काम आयोगले गर्ने उनले जानकारी दिए । 

उनले भने, “हामी आज छलफलमा बसेको टीआरसी कै विषयमा हो । अहिलेसम्म यो बिचमा अर्थमन्त्रीद्वारा बजेट बाहिर आयो । करिब एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन न्यायसम्बन्धी कोषमा राख्ने गरी बजेट आएको थियो । ती लगायत अनेकौँ व्यवस्थापनका कुरा र पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने कुराहरू अहिलेको बजेट वक्तव्यमा रहेको छ । ती कुराहरू आजको बैठकमा राख्ने काम भए । दोस्रो कुरा, यो बिचमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण भइसकेका, कामहरू प्रारम्भ भइसकेका र उनीहरूले आफ्ना ठाउँमा बैठक तथा छलफलहरू गर्न थालिसकेका र त्यसमा कतिपय भिक्टिम साथीहरूलाई पनि बोलाएर, छलफलहरू प्रारम्भ भएका स्थितिहरू पनि हुन् ।

ती कुराहरूलाई पनि सामान्य ब्रिफिङ गरेर जानकारी गराउने तहसम्मका त्यहाँ कुराहरू भए । साथै, कार्यालय व्यवस्थापन, सवारीसाधन व्यवस्थापन लगायतका कुराहरू पनि उनिहरूका थिए । ती कुराहरूसँग सम्बन्धित रहेर आज छलफल भएको हो । यसलाई सकारात्मक ढङ्गले अगाडी बढाउने कुरामा तीनै दलका नेताहरूको उपस्थितिमा ती कुराहरू भएका हुन् । सङ्क्रमणकालीन न्याय कहाँ छ ? कसरी अगाडी बढ्दै छ ? यी कुराहरूलाई जानकारीमा राख्नुपर्ने कुराहरू भएकोले जानकारीमा राखिदिने कुराहरू भएको हो । बाँकी कुरा आयोगले गर्छ ।”

छलफलमा सहभागी नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले टीआरसी गठनपछि भइरहेका कामकारबाहीको विषयमा शीर्ष नेतालाई ब्रिफिङ भएको र केही प्रशासनिक काममा भइरहेको अवरोध खुलाउने विषयमा समेत छलफल भएको बताए ।

छलफलमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसहित गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending