Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

रामेछापमा रणजोर खोलाको बाढीले खेत बन्याे बगर

खबरडबली संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका– १ स्थित रणजोर खोलामा बिहीबार साँझ आएको बाढीले छिनभरमै सय रोपनीभन्दा बढी खेत बगरमा परिणत गरेको छ ।

रणजोर खोलाको बाढी मन्थली नगरपालिका– १, चुकाहास्थित बिर्ताको कुलोबाट पसेर सोही वडाको सुकाजोर खोलामा निस्किएको थियो । रणजोर र सुकाजोर खोलाबिचमा रहेको सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको हो । खोला पसेको क्षेत्रमा करिब एक हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन छ । खेतमा खोला पस्दा किसानले पाक्न लागेको मकै बालीसमेत भित्र्याउन पाएनन् ।

बाढीले किसानको लाखौँ मूल्यबराबरको मकै बाली त नोक्सान गर्‍याे नै धान रोपाइँका लागि राखेको धानको ब्याडसमेत बगाएको छ । ‘खेतमा न मकै छ न रोप्न राखेको धानको ब्याड नै छ,’ मन्थली– १ का रामबाबु थापाले दुःखेसो पोखे, ‘खेतीयोग्य जमिन जोगाउन खोलामा बाँध बाध्न स्थानीय निकायसँग पटकपटक हारगुहार गर्‍याैँ । कहिले जिल्ला विपत् व्यवस्थापन समिति, कहिले वडा त कहिले नगरपालिकासम्म धायौँ । हाम्रो कुरा कहीँ सुनुवाइ  भएन ।’

समयमा वर्षा नहुँदा किसानले जेनेरेटरमार्फत तामाकोशी नदीको पानी तानेर धानको ब्याड राखेका थिए । किसानले प्रतिघण्टा २५० देखि ४ सय रुपैयाँसम्म तिरेर पानी तानीराखेको ब्याडसमेत खोलाले बगाएपछि किसान झनै चिन्तित बनेका हुन् । यस वर्ष मात्रै वैशाख र असार ५ गते गरी दुुईपटक बाढी खेतमा पसिसक्यो । ठुलो वर्षा हुन बाँकी नै छ । यदि ठुलो वर्षा हुनु अगावै रणजोर खोलाको दुवै छेउमा बाँध नबाँध्ने हो भने यो वर्ष सबै खेत बगर हुने निश्चित रहेको स्थानीय किसान भूपाल थापाले बताए । उनले भने, ‘स्थानीय निकायले पनि खोला संरक्षणका लागि ध्यान दिएन । प्रदेश र संघका जनप्रतिनिधिहरूले पनि किसानको मागलाई सुनुवाइ गरेनन् ।’ जनप्रतिनिधिहरूले जहाँ कमिशन आउँछ, त्यहाँ मात्रै बजेट विनियोजन गर्ने गर्दा किसानका समस्या बर्सेनि ज्युँका त्युँ रहेको थापाले बताए ।

गएको वर्ष पनि रणजोर खोलाले धेरै किसानको खेत कटान गर्नुको साथै पाकेको अन्नबाली बगाएको थियो । खोलाले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान तटबन्धनको माग गर्दै जिल्ला विपत् व्यवस्थापन समितिसम्म पुुगेका थिए । ‘व्यवस्थापन समितिले दशवटा जाली दिएर पठायो । त्यति जाली कुन ठाउँमा लगाउनु ?’ थापाले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending