रामेछाप । रामेछापको मन्थली नगरपालिका– १ स्थित रणजोर खोलामा बिहीबार साँझ आएको बाढीले छिनभरमै सय रोपनीभन्दा बढी खेत बगरमा परिणत गरेको छ ।
रणजोर खोलाको बाढी मन्थली नगरपालिका– १, चुकाहास्थित बिर्ताको कुलोबाट पसेर सोही वडाको सुकाजोर खोलामा निस्किएको थियो । रणजोर र सुकाजोर खोलाबिचमा रहेको सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको हो । खोला पसेको क्षेत्रमा करिब एक हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन छ । खेतमा खोला पस्दा किसानले पाक्न लागेको मकै बालीसमेत भित्र्याउन पाएनन् ।
बाढीले किसानको लाखौँ मूल्यबराबरको मकै बाली त नोक्सान गर्याे नै धान रोपाइँका लागि राखेको धानको ब्याडसमेत बगाएको छ । ‘खेतमा न मकै छ न रोप्न राखेको धानको ब्याड नै छ,’ मन्थली– १ का रामबाबु थापाले दुःखेसो पोखे, ‘खेतीयोग्य जमिन जोगाउन खोलामा बाँध बाध्न स्थानीय निकायसँग पटकपटक हारगुहार गर्याैँ । कहिले जिल्ला विपत् व्यवस्थापन समिति, कहिले वडा त कहिले नगरपालिकासम्म धायौँ । हाम्रो कुरा कहीँ सुनुवाइ भएन ।’
समयमा वर्षा नहुँदा किसानले जेनेरेटरमार्फत तामाकोशी नदीको पानी तानेर धानको ब्याड राखेका थिए । किसानले प्रतिघण्टा २५० देखि ४ सय रुपैयाँसम्म तिरेर पानी तानीराखेको ब्याडसमेत खोलाले बगाएपछि किसान झनै चिन्तित बनेका हुन् । यस वर्ष मात्रै वैशाख र असार ५ गते गरी दुुईपटक बाढी खेतमा पसिसक्यो । ठुलो वर्षा हुन बाँकी नै छ । यदि ठुलो वर्षा हुनु अगावै रणजोर खोलाको दुवै छेउमा बाँध नबाँध्ने हो भने यो वर्ष सबै खेत बगर हुने निश्चित रहेको स्थानीय किसान भूपाल थापाले बताए । उनले भने, ‘स्थानीय निकायले पनि खोला संरक्षणका लागि ध्यान दिएन । प्रदेश र संघका जनप्रतिनिधिहरूले पनि किसानको मागलाई सुनुवाइ गरेनन् ।’ जनप्रतिनिधिहरूले जहाँ कमिशन आउँछ, त्यहाँ मात्रै बजेट विनियोजन गर्ने गर्दा किसानका समस्या बर्सेनि ज्युँका त्युँ रहेको थापाले बताए ।
गएको वर्ष पनि रणजोर खोलाले धेरै किसानको खेत कटान गर्नुको साथै पाकेको अन्नबाली बगाएको थियो । खोलाले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान तटबन्धनको माग गर्दै जिल्ला विपत् व्यवस्थापन समितिसम्म पुुगेका थिए । ‘व्यवस्थापन समितिले दशवटा जाली दिएर पठायो । त्यति जाली कुन ठाउँमा लगाउनु ?’ थापाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: