काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उपचाररत वैद्यको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले सोमबार डिस्चार्ज गरिदिएको उनका भान्जा प्रशान्त ओलीले जानकारी दिए । अस्पतालका प्रवक्ता एवम् सह–प्राडा.गोपाल सेडाईले महासचिव वैद्यलाई दम तथा छाती रोगको सङ्क्रमण भएकाले जेठ १५ गते अस्पतालको सघन (आइसियूमा) अस्पतालमा भर्ना गरिएको थियो ।
१० दिन आइसियूमा राखेर उपचार पश्चात उनलाई जेनेरल वार्डमा सारिएको थियो । अस्पतालका अनुसार १० दिन आइसियूमा राखेर उपचार गरिसकेपछि स्वास्थ्यमा सुधार आउँदै गएकाले उनलाई अस्पतालको क्याबिनमा राखेर छातीरोग विशेषज्ञको निगरानीमा छातीको अक्सिजन थेरापी दिइएको थियो । गत वर्षको पुस महिनामा उनलाई कडाँ खालको निमोनिया देखिएकाले एक महिना आइसियूमा राखेर उपचार गरिएको थियो ।
के भएको थियो वैद्यलाई
७९ वर्षीय वैद्य लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पिडित थिए । महासचिव मोहन वैद्यका भाइका छोरा डा. नवीन वैद्यका अनुसार महासचिव वैद्य १५ वर्षदेखि दम लगायत श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित छन् ।
उनले बेलाबेलामा चिकित्सकको परामर्श गरेर श्वासप्रश्वास सम्बन्धी औषधी सेवन गर्दै आएका थिए । विसं. २०८१ पुस महिनामा उनलाई कडाखालले निमोनिया देखिएकाले त्रिवि शिक्षण अस्पतालको आइसियूमा एक महिना उपचार गराएर चिकित्सकले डिस्चार्ज गरिदिएको उनका भाइका छोरा डा.वैद्यले जानकारी दिए ।
त्यो बेला महासचिव वैद्यलाई दमले गाह्रो बनाउँदा घरमा नै अक्सिजन लगाउने गरी अस्पतालले डिस्चार्ज गरिदिएको भाइका छोरा डा.वैद्येले जानकारी दिए । उनि भन्छन्, “२०८२ वैशाख २४ गते हजुर आमाको मृत्यु हुनुभन्दा अगाडि ठुलो बुवा दाङमा भेटघाटका लागि आउनुभएको थियो । त्यो बेलामा ठुलो बुवाको स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँ तुरुन्त काठमाडौँ फर्कनुभयो । दाङबाट फर्किएको चार पाँच दिनपछि रोगले च्याप्दै गएपछि डा.निरज बमको निगरानीमा उहाँको उपचार सुरु भएको थियो ।”
११ दिन उपचार पछि उनको रगतको रिपोर्टमा अक्सिजन र कार्बनडाइअक्साइड, रगतमा सेतो रगतको मात्र कमी देखिएकाले सहासचिव वैद्यलाई जेठ १५ गते शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: