Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

हर्क साम्पाङका समर्थकद्वारा उपप्रमुखमाथि हातपातको प्रयास

खबरडबली संवाददाता

सुनसरी । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा श्रमदानको हल्ला पिटाएर उपभोक्ता समिति मार्फत फरफारकका लागि ल्याएको बिल पास अनुगमन गरेर निकासा नभएपछि आफ्ना समर्थक ल्याएर उपमेयरमाथि हुल हुज्जत गरेका छन् ।

आर्थिक वर्ष २०८२र०८३ को बजेको सीमा निर्धारण सम्बन्धी बैठक चलिरहेको बेला मेयर साम्पाङले आफ्ना समर्थक बोलाएर हुल हुज्जत गरेको उप मेयर आइन्द्र विक्रम वेघाले बताए । सय जनाको समूहमा आएका हर्क साम्पाङगका समर्थकहरुले आफूमाथि हातपातको प्रयास समेत गरेको उपप्रमुख अइन्द्र विक्रम बेघाले आरोप लगाए ।

धरान उप महानगरपालिका वडा नम्बर ६ मा रहेको बहुभाषिक पाठशाला संरक्षणका लागि मेयर हर्क साम्पाङले श्रमदान गरेको भिडियो फोटो सार्वजनिक गरेका थिए ।

श्रमदानबाट ग्याब्लिन बनाएको प्रचार गरेका साम्पाङले पछि उपभोक्ता समिति मार्फत फरफारकका लागि बिल ल्याएपछि आफूलाई थाहा नभई उपभोक्ता समिति बनाएको भन्दै मेयर बेघाले अनुगमन गरेका थिएनन् । अनुगमन समेत नभएपछि रकम निकास रोकिएको थियो ।

निकासा रोकेको विषयमा मेयर साम्पाङ र उपमेयर बेघा बिचमा केहि समय यता विवाद भएको थियो । प्रमुख साम्पाङले धरान १६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न श्रमदानको रकम अनुगमन गरी रकम निकासा गर्न कर्मचारीसहित आफूलाई दबाब दिएको उपप्रमुख बेघाले बताए ।

विवाद भए पनि बजेटको सीमा निर्धारण समितिको बैठकमा मेयर साम्पाङलाई निमन्त्रण गर्दा पनि उनी आएका थिएनन् । बैठक चलिरहेका बेला साम्पाङ समर्थकहरूले हुलहुज्जत गरेको धरान उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडा अध्यक्ष सूर्य प्रसाद भट्टराईले बताए । भट्टराईले विधि र प्रक्रिया भन्दा बाहिर गएर मेयर धरानमा मुठभेडको अवस्था निम्ताएको बताए ।

उनले नियम अनुसार जुन ठाउँमा काम भएको हो त्यही स्थानका व्यक्तिहरू उपभोक्ता समितिमा बस्नु पर्छ । उपभोक्ता समिति बनेको सरोकारवालाहरूलाई थाहा हुनुपर्छ । मेयर साम्पाङले बहुभाषिक पाठशाला संरक्षणका लागि बनाएको उपभोक्ता समितिमा अन्य वडाबाट मानिसहरू ल्याएर कसैलाई थाहा नदिई समिति बनाएको वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईले बताए ।

उनले भने, ‘धरान १४ का प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति बनाइएको छ । उनी मेयरका समर्थक र सहयोगी हुन् । यस्तै वडा भन्दा बाहिरका सत्य घले, समीर तामाङ लाई उपभोक्ता समितिमा राखिएको छ । समिति बन्दा मलाई समेत थाहा भएन ।’

कसरी भयो हुल हुज्जत ?

सोमबार उपप्रमुख बेघा सहित दिउँसो २ बजे आर्थिक वर्ष २०८२र०८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठक चलिरहेको थियो । सो बैठकमा प्रमुख साम्पाङलाई पनि बोलाइएको थियो । साम्पाङ भने बैठकमा आएनन् ।

कर्मचारी र समितिका सदस्यहरू बिच छलफल भइरहेको बेला साढे ३ बजे प्रमुख साम्पाङले बेघालाई कार्यकक्षमा बोलाए । कार्यकक्षमा जाँदा त्यहाँ साम्पाङका समर्थकहरू जम्मा भएका थिए ।

उनीहरूले हो हाल्ला र हुल हुज्जत गर्दै उनीमाथि आक्रमण गर्न खोजेका थिए । उपमेयर बेघाले भने ‘प्रमुख साम्पाङले आफ्ना समर्थकहरू बोलाएका रहेछन्, भीडले एक्कासि हातपात गर्न खोज्यो ।’

प्रमुख साम्पाङले भने खोला कुनै पनि वडाको नहुने बताए । उनले पत्रकार सम्मेलन गर्दे काम गर्ने मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको बताए ।

उनले भने, ‘उपभोक्ता समिति काम गर्ने मान्छे बनाउने हो । घरमा बस्ने मान्छेलाई अध्यक्ष बनाएर त भएन नि ।’

उनले उपभोक्ता समिति मार्फत १७ लाखको काम सात लाख रुपैयाँमा काम सम्पन्न भएको बताए ।

उपभोक्ता समिति मार्फत त्यति ठूलो कामको अनुगमन गरेर प्रतिवेदन तयार पार्दा पनि उप प्रमुखले कर्मचारीलाई हक्पकाएर धम्काएर र आतंक मच्चाएर हर्कत देखाएका कारण जनता आक्रोशित भएको बताए ।

उनले उप प्रमुखले फाइल समेत लुकाएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending