Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

उदयपुर भुल्केकाे सामुदायिक सर्पदंश उपचार केन्द्रमा विद्युत् कटौती हुँदा बिरामी मारमा

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३, भुल्केमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा पटक/पटक विद्युत् कतौती हुँदा बिरामी मारमा परेका छन् । विद्युत् नहुँदा विभिन्न प्रजातिका विषालु सर्पको डसाइबाट पीडितहरू उपचार समयमै नहुँदा रेफर हुनुपर्ने बाध्यता भएपछि बिरामीहरू मारमा परेका हुन् ।

सामुदायिक सर्पदंश उपचार केन्द्रका सचिव यदुप्रसाद ढकालले विद्युत् कटौती हुँदा गम्भीर प्रकृतिका बिरामी आसियूमा राखी भेन्टिलेटरको सहयोगमा उपचार गराउनुपर्ने भएपछि रेफर गर्नुपर्ने बाध्यत भएको बताए । उनले भने, ‘विद्युत् कटौती  कहिले घण्टौँसम्म हुन्छ, कहिले दुई दिनसम्म आउँदैन । सदरमुकाम गाईघाटमा आएको विद्युत् त्रियुगा नदीपारि यो भुल्केमा नआउँदा समस्या भएको छ ।’

उनले हिजोको गएराति (आइतबार) देखिगएको विद्युत् (आज) सोमबारसम्म नआउँदा गम्भीर प्रकृतिको एकजना बिरामी विराटनगर पठाउनुपरेको बताए । उनले भने, ‘त्यसपछि विद्युत् प्राधिकरण गाईघाटका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सराेकारवालालाई खबर गर्‍यौँ । अहिलेसम्म विद्युत् आएको छैन ।’ अहिले सामान्य प्रकृतिका तीनजना बिरामी उपचार गराइरहनुभएको छ। अब विद्युत् नआए र बिरामीको अवस्था जटिल देखिएको खण्डमा विराटनगर पठाउनुको विकल्प छैन ।’

उनले गएको हप्ता मात्र विद्युत् कटौतीकै कारण पाँचजना बिरामी विराटनगर पठाउनुपरेको जानकारी दिँदै भने, ‘यस सामुदायिक उपचार केन्द्रमा गम्भीर प्रकृतिका बिरामीको १५ दिनसम्म राखेर उपचार गर्दा महँगोमा ३५ सय पर्छ । सामान्य प्रकृतिका बिरामीको सस्तोमा उपचार हुँदा एक हजार मात्र पर्छ । यहाँबाट विद्युत् कटौतीकै कारण विराटनगर पठाउनुपरेपछि सर्वसाधारण मारमा पर्ने गरेका छन् ।’

विद्युत् प्राधिकरण गाईघाट प्रमुख माधवप्रसाद यादवले हावाहुरी, चट्याङको समस्याले विद्युत् कटौती भइरहेको जानकारी दिए। उनले भने, ‘भुल्के क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउने गरी काम भइरहेको छ। त्यस क्षेत्रमा धेरै फल्ट हुने गरेकाले समस्या आएको हो । आज पनि फल्टको काम भइरहेको छ । काम सकिएपछि भुल्के क्षेत्रमा विद्युत् पुग्छ ।’

गएको २०८१ वैशाखदेखि २८ जेठ २०८२ सम्म गरी पाँच सय ५० बिरामी भुल्केको सामुदायिक सर्पदंश उपचार केन्द्रमा भर्ना भएका थिए । त्यसमध्ये विद्युत् कटौतीकै कारण पाँचजनासहित गरी जम्मा नाैजना विराटनगरलगायत विभिन्न अस्पताल रेफर गरिएको र एकजनाको मृत्यु भएको जानकारी सामुदायिक सर्पदंश उपचारको तथ्यंक रहेको छ । सर्पको डसाइबाट बिरामी हुनेहरूमा घाँस–दाउरा गर्ने सर्वसाधारण रहेका छन् ।

गाईघाट क्षेत्रमा चुरे वनसँग जोडिएको छ । यस क्षेत्रमा विशेष गरेर विषालु सर्पमा गोमन, बैरी करेत, हिमाली करेत, घोड करेत पाइने गरेको छ । त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका र खोटाङमा सर्पको डसाइबाट बिरामी परेकाहरूको उपचार केन्द्र सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्के हो । नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रहेको फिल्ड एम्बुलेन्स गुल्मको सहयोगमा सञ्चालन रहेको  छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending