हुम्ला । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो ।
खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुेकेपछि समस्या चुलिँदै गएको बताए । उनका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो ।
खोलामा थोरैमात्रामा आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको भन्दै छाल्ता खोलाबाट पाइप जडान गरी पानी ल्याउने गरिएको लामाले जानकारी दिए । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा सर्वसाधरणलाई पालोअनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उनको भनाइ छ ।
‘खोलामा पानी सुक्दै गएको छ । सदरमुकामस्थित सेवाग्राहीले हामीलाई पानी छोड्दैनन् भनी गुनासो गर्नुहुन्छ । हामीले कहाँबाट पानी ल्याएर दिनु ?’, लेखा अधिकृत लामाले प्रश्न गरे । पानी अभाव बढ्दै जान थालेपछि गाउँपालिकाले शुक्रबार पानी नचुहिने ग्रिन हाउसको प्लास्टिकको पाल दिएको उनले उल्लेख गरे । गाउँपालिकाले दिएको पाल आज पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सउ २६ खानेपानीका ग्राहक छन् । सबै सेवाग्राहीलाई बिहान र बेलुकाको समयमा टोलटोल गरी पालोअनुसार पानी छोड्ने गरिएको उनको भनाइ छ ।
‘सिमकोटमा रहेका खानेपानीका रिजर्भ ट्याङ्की यतिबेला खाली छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखि सदरमुकामवासीलाई बिहान, बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो’, अधिकृत लामाले भने ।
यतिबेला सदरमुकामवासीले धारामा खानेपानी नआउँदा समस्या हुने गरेको गुनासो गरेका छन् । सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानी आउन बन्द भएको छात्रवासका संरक्षक कमला लामाले बताइन्। बिहान र बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर थाप्नु परेको उनको भनाइ छ ।
खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोललगायत क्षेत्रका नागरिकले टाढाटाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । स्वच्छ पानी अभाव हुँदा पिउने पानीका साथै सरसफाइमा समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।
केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या हुन थालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि पानीको समस्या हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: