सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकहरुले विशेषज्ञको रुपमा सेवा दिन थालेपछि अस्पतालको सेवाहरु प्रभावित बनेको छ ।
तर यहाँ अस्पातालमा दरबन्दी भएका चिकित्सकहरू कामकाजबाट फिर्ता आउन मानिरहेको छैन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका डा. इन्द्र ढकाललाई गत जेष्ठ २३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तुरुन्तै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा पठाउनका लागि पत्राचार गरेको छ ।
स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई पत्र लेख्दै दरबन्दी रहेको निकाय (गजेन्द्र नारायण सिंह अस्पताल)मा हाजिर हुन पठाइदिन अनुरोध गरेको हो । डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुखको भूमिकामा छन् । उनी यस अघि पनि अस्पतालको प्रमुख थिए । तर उनी अझै सम्म पनि गजेन्द्र नारायण सिंह अस्पतालमा हाजिर भएको छैन् ।
अस्पतालमा दरबन्दी रहेका एघारौँ तहका बरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा छिन् । नवौं तहकै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल २०८१ साउन २९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा छन् । नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल २०८१ साउन १६ गतेदेखि लुम्बिनी प्रदेशमा काजमा गएको अस्पतालले जनाएको छ ।
नवौं तहकै कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी २०८१ जेठ २७ गतेदेखि कर्णाली प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशालकुमार देव २०८१ साउन ३० गतेदेखि कोशी अस्पताल विराटनगरमा काजमा गएको छ । दशौं तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा श्वेता गुप्ता २०७६ साल पुस २ गतेदेखि उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत छिन् ।
ठूलो संख्यामा चिकित्सकहरु काजमा भएकाले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको भन्दै अस्पतालका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले गत २७ कात्तिकमा काजमा काम गरिरहेका एघारौं र नवौ/दसौं तहका ८ चिकित्सकको काज फिर्ता गरिदिन स्वास्थ्य मन्त्रालयमा पत्रचार समेत गरेका थिए । तर अझै सम्म कुनै सुनवाई भएको छैन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८२ - २०:४९
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन...
श्रावण ५ गते, २०८२ - २०:३३
काठमाडाैं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा पक्राउ परेका हुन् । आइतबार पक्राउ गरी उनलाई अदालतमा उपस्थित गराइए...
श्रावण ५ गते, २०८२ - २०:२८
मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध खैरो हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा साउन २ र...
श्रावण ५ गते, २०८२ - २०:२३
पर्वत । शनिबार रातिदेखिको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । मोदी–३ देउराली लाङ्दीमा घरमा...
श्रावण ५ गते, २०८२ - २०:१६
नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ...
श्रावण ५ गते, २०८२ - २०:०७
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा आफ्ना सांसदलाई संशोधन हाल्न लगाएर एमालेले देश, जनता र गठबन्धनलाई धोका दिए...
श्रावण ५ गते, २०८२ - २०:०१
सुनसरी । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको ...
श्रावण ५ गते, २०८२ - १९:०१
भियतनाम । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाक...
श्रावण ५ गते, २०८२ - १८:५८
इक्वेडोर । इक्वेडरको दक्षिणपश्चिमी पर्यटकीय सहरमा पुल खेलिरहेका बेला शनिबार कम्तीमा नौ जनाको गोली हानी हत्या गरिएको देशको अभियोजकको कार्यालयले जनाएको ...
श्रावण ५ गते, २०८२ - १८:५४
ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान र...
प्रतिकृया लेख्नुहोस्: