काठमाडाैं । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए ।
यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं ।
मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । जसवाट उनीहरुको एक छोरा अरहान पनि छन्। तर, विवाह गरेको १९ वर्षपछि २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले फेरि बिहे गरिनन् । एक्लै जीवन बिताइरहेकी छिन् ।
कुशा कपिलाले सन २०१७ मा व्यापारी जोरावर सिंह अहलुवालियासँग विवाह गरिन । यद्यपि तिनीहरूले २०२३ मा सम्बन्ध विच्छेद गरे र अहिले पनि उनी एकल जीवन बिताइरहेकी छिन् ।
अर्की अभिनेत्री मनिषा कोइरालाले सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी दुई वर्षपछि सम्बन्धविच्छेद गरिन । त्यसबेला देखि हालसम्म नायिका कोइरालाले पुनः बिबाह गरेकी छैनन् । उनी अझै एकल जीवन बिताईरहेकी छिन् ।
उता, श्वेता तिवारीले एक पटक होइन, दुई दुई पटक बिहे गरिन तर दुबै पटक उनको डिभोर्स भयो । नायिकाले पहिलो विवाह सन् १९९८ मा राजा चौधरीसँग गरेकी थिइन् र उनीसँग सन् २००७ मा सम्बन्धविच्छेद भएको थियो । यसपछि अभिनेत्रीले २०१३ मा अभिनव कोहलीलाई आफ्नो पार्टनर बनाइन् तर २०१९ मा उनीहरुको सम्बन्ध टुट्यो ।अहिले श्वेताले आफ्ना सन्तानलाई सिंगल मदरका रुपमा हुर्काउँदै छिन् ।
सामन्था रुथ प्रभुले २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् तर २०२१ मा सम्बन्धविच्छेद गरेर दुवैले छुट्टिए । उता, सन् २०२४ मा नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरे पनि सम्बन्धविच्छेद भएको ४ वर्षपछि पनि सामन्था भने एकल जीवन बिताइरहेकी छिन् ।
करिश्मा कपुरले सन् २००३ मा सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । १३ वर्षको विवाह पछि २०१६ मा उनीहरुको सम्बन्धविच्छेद भयो र अहिले अभिनेत्री करिश्मा एक्लो जीवन बिताइरहेका छिन् ।
महिमा चौधरी सन् २००६ मा बबी चौधरीसँग बिबाह गरेकी थिइन् । तर सन २०१३ मा उनीहरुको सम्बन्धविच्छेद भयो । अभिनेत्रीको सम्बन्धविच्छेद भएको १२ वर्ष भइसक्यो तर उनले अझै बिवाह गरेकी छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: