Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

औषधी नीति सुझाव समितिको प्रतिवेदनमाथि व्यावसायीक सङ्घ, संस्थाको विरोध

खबरडबली संवाददाता

काठमाडौँ। नौ वटा औषधी व्यवसाय क्षेत्रका सङ्घ, संस्थाले औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोध जनाएका छन्।

औषधी व्यवसाय क्षेत्रका नौ वटा सङ्घ, संस्थाको गठित औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री सरोकार समितिले विज्ञप्ति जारी गर्दै औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनप्रति विरोध जनाएका हुन् ।

औषधी मूल्य नीति सुझाव समितिले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसमक्ष प्रतिवेदन बुझाएको थियो । सेवाग्राही र औषधी उत्पादक, आयातकर्ता र व्यवसायीलाई प्रोत्साहित नभई हतोत्साही गर्ने गरी प्रतिवेदन ल्याएको भन्दै नौ वटा सङ्घ, संस्थाबाट गठित समितिले आपति जनाएको हो  ।

प्रतिवेदन सेवाग्राहीमुखी नभएको र सरोकार राख्ने सङ्घ, संस्थालाई किनारा लगाएको प्रति उक्त समितिले विरोध जनाएका छन् । जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधी सेवाग्राहीले अत्यावश्यक परेको समयमा नपाउने सक्ने भन्दै उक्त समितिले प्रतिवेदनको भर्त्सना गरेको छ ।

साथै समितिले सम्बन्धित निकायबाट छिटो प्रतिवेदन खारेज गरी वा सरोकार राख्ने सङ्घ, संस्थाको सरसल्लाह र सुझावका आधारमा पुनर्लेखन गर्न माग गरेको छ । प्रतिवेदनले सेवाग्राही र व्यवसायी मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गम्भिर लाञ्छना लगाइएको र स्वास्थ्य सेवा प्रवाहलाई प्रतिकुल असर पुर्‍याउने अवस्था सिर्जित गरेको समितिको ठहर छ ।

यस्ता घटनाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गरिमामा आँच आउने र सेवाभावले स्वास्थ्य क्षेत्रमा लगानी गरी राष्टलाई अनवर सेवा दिइरहेका निजी क्षेत्रका औषधी स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री व्यवसायीको मनोबलमा नकारात्मक असर पुर्‍याएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता गम्भीर प्रकृतिका त्रुटीले स्वास्थ्य क्षेत्रमा दूरगामी असर पर्ने, व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न र अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहमा हुने बाधा व्यवधान हटाउन समयमा नै गम्भीरता पूर्वक विचार गर्न समितिले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

औषधी सहज उपलब्धता सुनिश्चित गरीएको औषधी उद्योगी, आयातकर्ता व्यवसायीको अनुरोधलाई जेठ २९ गते कार्यालय समय भित्र २०७५ माघ २ गते औषधी परामर्श परिषदको १६ औँ बैठकले जारी गरेको वैज्ञानिक र भौगोलिक यथास्थितिपरक निर्णय लागु नगरिएमा आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending