हुम्ला। अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो ।
श्रीनगरका स्थायी बासिन्दा ७४ वर्षीया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताए। उनले सार्वजनिक धारामा आधामा १ घण्टा मात्र पानी आउने भएका कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाइनमा राख्नुपरिरहेको बताए। यहाँ हरेक वर्षको चैतबाट खानेपानिको समस्या हुने र साउनदेखि मात्रै सबै तिर मुहान फुट्दा पानी सहज हुने गरेको बताएको छन् ।
खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको काम लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउनुहुँदै उनले जति समय लागे पनि लाइनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको गुनासो गरे । पानी भर्नकै लागि उपभोक्ताहरुले राति १–२ बजे उठेर लाइनमा बस्नुपर्ने बाध्यता छ । यतिबेला पानीको स्रोत कम भएकै कारण स्थानीयले खानेपानीका लागि दु:ख भोग्नु पर्ने अवस्था छ ।
मानिसका लागि मात्र नभएर श्रीनगरका पशुवस्तुलाई समेत सोही धाराबाट पानी खुवाउने गर्छन् । अर्का स्थानीय हेलु भण्डारीले पानीको समस्याका कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताए। दस जना परिवार भएको उहाँको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहनु भएको छ ।
आफुले पानीका लागि मुहानम भएको सबै स्रोतबाट पानी ल्याउने प्रयास भए पनि धारासम्म पुर्याउन नसकिएको बताएको छन् ।
धारामा पानी नआएपछि बजारवासीले कर्णाली करिडोरको गल्फागाड खोला, वडा नम्बर ४ को अधेरीखोलाबाट समेत पानी ओसार्ने गर्छन् । १५ सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी चौकी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धारा छन् । त्यसैबाट सबैपानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा छ । यतिबेला खोलाको पानी समेत निकै धमिलो भएका कारण सो पानी खादा गाउँमा सङ्क्रमण रोगहरु पmैलिने चिन्ता स्थानीयमा छ ।
अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने नीति लिएको पनि झण्डै दुई वर्ष वितिसकेको भए पनि पूर्णता पाएको छैन । हाल श्रीनगरका लागि ल्याइएको खानेपानी वडा नम्बर ५ को स्रोत हो । जसले गर्दा दुई वडाका बिचमा समेत बेला बेला विवाद हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: