Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

वीरगन्जमा कार दुर्घटना हुँदा एक भारतीयको मृत्यु

खबरडबली संवाददाता

पर्सा । वीरगन्ज महानगरपालिका–१४, पिपरास्थित रेनुका पेट्रोल पम्पनजिकै आइतबार भएको कार दुर्घटनामा एक भारतीय युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत बिहारको नरकटियागन्जका अन्दाजी ३० वर्षीय बिटु सर्राफ रहेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ३ बजे भएको उक्त दुर्घटनामा कारका चालक नरकटियागन्जकै ४० वर्षीय गणेश सर्राफ, कारमा सवार त्यही ठाउँका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार गण्डक चोकबाट नयाँ बसपार्कतर्फ आउँदै गरेको बिआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । घाइतेहरूको परवानीपुर गाउँपालिका– ५ मा रहेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुङ्गामा एक दम्पतीको हत्या

ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।  स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर...

चौथो ठुलो अर्थतन्त्र भएकाे मुलुक बन्याे भारत

काठमाडाैँ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्य...

नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाको एकता सन्देश सभा सम्पन्न

हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...

चोरी गरेको ६५ लाख रकमसहित एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...

दार्चुलामा बढे मतदाता

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...

शान्ति र समृद्धितर्फ अगाडि बढाउन नेकपाको विकल्प छैन: नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...

सोसल मिडियामा विचारविहीनहरूको होहल्ला बढ्यो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...

नेपालमा छिमेकी र शक्तिशाली देशहरूको चलखेल: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको ब...

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending