क्यानडा । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबिच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ ।
मार्क कार्नीले चीनका प्रधानमन्त्री ली कियाङसँग कुराकानी गरेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिए । उनिहरूबिच व्यापारको बारेमा पनि छलफल भएको र ‘फेन्टानिल सङ्कटलाई सम्बोधन गर्न’ सँगै काम गर्न दुबै देशका सरकारहरू प्रतिबद्ध रहेने बताइएको छ ।
सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा चिनियाँ टेलिकमका एक वरिष्ठ अधिकारी पक्राउ परेपछि बेइजिङ र ओटावाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री लीले क्यानडाका समकक्षी कार्नीसँग हालैका वर्षहरूमा चीन-क्यानडा सम्बन्धमा अनावश्यक गडबडी र गम्भीर कठिनाइको सामना गर्नुपरेको बताए ।
बढ्दो एकपक्षीयवाद र संरक्षणवादको सामना गर्दै चीन ‘बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई संयुक्तरूपमा कायम राख्न क्यानडासँग मिलेर काम गर्न इच्छुक रहेको’ उनले बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिले दुवै देशलाई निशाना बनाएको भन्दै दुबैले उक्त नीतिको आलोचना गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: