काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छन् ।
शनिबार कोटेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाको पछि नलाग्न पार्टी कार्यकर्ता तथा बुद्धिजीवीलाई आग्रह गरेको हो । उनले सञ्चार माध्यममा आउने कतिपय विषयले बुद्धिजीबी समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिए।
पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्नु रहेको बताए। उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबीसमेत गरे। पूर्वप्रधानमन्त्री नेपालले सतहमा आएका समाचारकै भरमा भ्रममा नपर्न आग्रह गरे ।
उनले भने, “त्यसै हुनाले तपाईंहरू माथिका सतही कुरा हेरेर त्यसमा बग्ने होइन, भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ । सबै विषयका बारेमा जानकारी राख्नुपर्छ । समाचारमा कुनै कुरा आयो भने हामी त्यसैमा बग्ने गर्छौँ । सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीमा पनि त्यसको प्रभाव पर्ने रहेछ । मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छ । तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र ? सम्भवै छैन । त्यसैले यस विषयमा तपाईं कोही पनि भ्रममा नपर्नुहोस् ।”
नेता नेपालले आफ्ना पुर्खाको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...
आषाढ़ ८ गते, २०८३ - १४:४५
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...
आषाढ़ ८ गते, २०८३ - १४:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...
आषाढ़ ८ गते, २०८३ - १४:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...
आषाढ़ ८ गते, २०८३ - १३:५०
दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार...
आषाढ़ ८ गते, २०८३ - १३:३१
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार ...
आषाढ़ ८ गते, २०८३ - १२:५०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यलाई स्वत: केन्द्रीय समिति सदस्य बनाउने निर्णय फिर्ता लिएपछि पार्टी स्थापनाकालदेखि सक्रिय ...
आषाढ़ ८ गते, २०८३ - १२:३५
काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...
आषाढ़ ८ गते, २०८३ - १२:२२
काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...



प्रतिकृया लेख्नुहोस्: