बेइजिङ। चीन र जापानले शुक्रबार उनीहरू आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो ।
सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थाल्यो ।
यस कदमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समर्थन गरेको थियो । तर बेइजिङबाट कडा आलोचना भएको थियो र उसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो ।
यस हप्ता बेइजिङमा जापानी अधिकारीहरूसँग भएको वार्ताले ‘पर्याप्त प्रगति हासिल गरेको’ भन्दै चीनले शुक्रबार प्रतिबन्ध हटाउने नजिक पुगेको सङ्केत गरेको थियो ।
“यस वर्ष अहिलेसम्म दुई पक्षले धेरै चरणका प्राविधिक आदानप्रदान गरेका छन्”, बेइजिङको भन्सार प्रशासनले थप विवरण नदिई एक विज्ञप्तिमा भन्यो ।
जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले बेइजिङ र टोकियोले ‘चीनमा मत्स्य उत्पादनहरूको निर्यात पुन: सुरु गर्न आवश्यक प्राविधिक आवश्यकताहरूबारे सहमतिमा पुगेको’ बताए ।
“निर्यातसम्बन्धी सुविधाहरूका लागि पुन: दर्ता प्रक्रिया सम्पन्न भएपछि चीनमा निर्यात पुन: सुरु हुनेछ”, हयासीले शुक्रबार भन्नुभयो, “हामी यसलाई एउटा प्रमुख कोसेढुङ्गाका रूपमा लिन्छौँ ।”
यसअघि चीनले फेब्रुअरीमा फुकुसिमा प्लान्ट नजिकै स्वतन्त्र रूपमा सङ्कलन गरेको समुद्री पानी र समुद्री जीवको नमूनामा कुनै असामान्यता नभेटिएको तर प्रतिबन्ध खारेज गर्नुअघि थप परीक्षण आवश्यक रहेको सङ्केत गरेको थियो ।
सन् २०११ मा एउटा ठूलो भूकम्पले घातक सुनामी निम्त्यायो र यसले फुकुसिमा आणविक सुविधालाई डुबाएको थियो भने यसका छ वटा रिएक्टरमध्ये तीन वटालाई पग्लन बाध्य तुल्याएको थियो ।
जापानसँगको सम्बन्ध टोकियोको साम्राज्यवादी विरासतले गर्दा लामो समयदेखि तनावपूर्ण रहेको चीनले प्रशोधित फोहोर पानीलाई वातावरणीय रूपमा गैरजिम्मेवार भएको भन्दै निकासीको कडा विरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: