Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला

खबरडबली संवाददाता

वराहक्षेत्र। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तकोशी नदीको बराज क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षका लागी नयाँ प्रजातिको पानी चरा ‘लालकण्ठे फालारोप’ फेला परेको हो । 

नेपालमा सन् १९८२ मा रारा राष्ट्रिय निकुञ्जको रारा लेकमा पहिलोपटक विदेशी नागरिकले नेपालमा अभिलेख गरिएको ‘लालकण्ठे फालारोप’  चरा सन् २००८ मा से फोक्सुण्डो राष्ट्रिय निकुञ्जको फोक्सुण्डो लेकमा दोस्रो पटक २६ वर्षपछाडि विदेशी नागरिकले नै अभिलेख गरिएको चराविद् अनिष तिम्सिना बताउछन् ।

तेस्रो पटक कोशी टप्पुमा विसं. २०८२ साल जेठ १५ गते विहान ११ बजेर ३० मिनेटको समयमा कोसी बरेज क्षेत्रमा ‘लालकण्ठे फालारोप’  चराको रेकड गरिएको छ । नदी क्षेत्रमा विचरण गर्दै गरेको अवस्थामा चराविद् अनिष तिम्सिनाले नेपालमा तेस्रो पटक ‘लालकण्ठे फालारोप’ चरा कोशी टप्पुको वराज क्षेत्रमा अभिलेख गरेको हो । 

चराविद् तिम्सिनाले सप्तकोसी नदीको पानीमा ३० मिनेटसम्म विचरण गरिरहेको अवस्थामा चराको रेकर्ड गरेको जनाइएको छ । चराविद् तिम्सिनासहित उहाँका सहयोगी सुमन आचार्य, गुलाबी मुखिया, लभ केसी र सुरेश साहीले अवलोकन गरेको थिए । 

नेपालबाट हवाइ मार्गको प्रयोग गरेर साइबेरियाको माथिल्लो क्षेत्रमा बच्चा कोरल्न पुग्ने लालकण्ठे फालारोप नेपालमा दुर्लभै मात्रामा भेट्न सकिने बरिष्ठ चराविद् डाक्टर हेमसागर बराल बताउछन् । चराविद् डाक्टर बरालका अनुसार अन्य देशहरुमा ठुलै सङ्ख्यामा रहेका यी चरा नेपालमा भने दुर्लभ मानिन्छन् । नेपालमा भइरहेको वर्षाका कारण बसाइ सराइका क्रममा हवाइ मार्गको प्रयोग गरेर उडेका चरा दिशा पत्ता लगाउन नसकी बास बस्नका लागि नेपालको सिम क्षेत्रमा देखापरेको हुन सक्ने उनको भनाइ छ । 

युरोप, एसिया, अमेरिका, क्यानडाको उत्तरी भागको आलस्का, ग्रिनल्याणम बच्चा कोरल्ने गरेको लालकण्ठे फालारोप चरा दक्षिण अमेरिका, भारतको पूर्वी तटीय क्षेत्र, अष्ट्रेलियाको पपुवा न्युगिनीमा बसोबास गर्ने गरेको चराविद् डाक्टर बराल बताउछन् । सुड्सिडिया जलङ्क टाहा प्रजातिमा पर्ने लालकण्ठे फालारोप पानीमा चर्ने, तैरने पानी चराको रुपमा रहेको छ । 

कोशी टप्पुमा चराको वासस्थान साघुँरिदै जादा चराको सङ्ख्या घट्दै गएपनि आरक्ष क्षेत्रमा चराको प्रजातिको संख्या भने बढ्दै गएको वरिष्ठ चरा विद्ध डाक्टर हेमसागार बराल बताउछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending