लमजुङ । छोरीप्रति सम्मान र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको ‘छोरीको खातामा दुई हजार’ अभियान प्रभावकारी बन्दै गएको छ ।
पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको उक्त अभियानअन्तर्गत हालसम्म ९० जना नवजात छोरीको नाममा बैंक खाता खोलिएको छ । “कार्यक्रमअन्तर्गत नवजात छोरीको नाममा नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा रु दुई हजार जम्मा गरिन्छ, उक्त रकम छोरी १८ वर्ष पुगेपछि मात्र झिक्न सकिने व्यवस्था गरिएको छ”, नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले भने । उनका अनुसार स्वास्थ्य संस्थामा जन्मिएका छोरीका अभिभावकले प्रक्रिया पुर्याएपछि पालिकाले नगरस्तरमा खाता खोली रकम जम्मा गर्दै आएको छ ।
छोरीको संरक्षकले आफ्नो नागरिकताको प्रतिलिपि, बालिकाको जन्मदर्ता प्रमाणपत्र र वडाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार चालु आर्थिक वर्षको हालसम्म २०, गत आवमा ३५ र सुरुआती आव २०७९/८० मा ३५ गरी हालसम्म कूल ९० जना छोरीको नाममा खाता खोलिएको छ ।
चालु आर्थिक वर्षका लागि कार्यक्रम सञ्चालन गर्न नगरले रु एक लाख रु बजेट विनियोजन गरेकामा हालसम्म २० जना खाताका लागि रु ४० हजार खर्च भएको उनले जानकारी दिए ।
नगरप्रमुख कृष्णप्रसाद कोइरालाले छोरी भएको थाहा पाएपछि गर्भपतन गर्ने, जन्मदर्ता नगरिदिने वा कम उमेमा विवाह गराइदिनेजस्ता सामाजिक समस्यालाई न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी देखिएको बताए । यस कार्यक्रम सञ्चालन भएपश्चात् अभिभावकमा छोरीप्रति सकारात्मक सोच र उत्तरदायित्व पनि बढ्दै गएको उनको भनाइ छ ।
नगरप्रमुख कोइरालाले यो कार्यक्रमले अभिभावकलाई आफ्नी छोरीका नाममा आर्थिक सञ्चय गर्न प्रेरित गर्नुका साथै समाज सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: