काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुवात गरेको छ । उक्त सुख्खा फोहर बिक्रीका लागि वार्षिक ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ ।
कामपाले ३२ वटा वडालाई जनसङ्ख्या र भुगोलको आधारमा क्षेत्र निर्धारण गरी सुख्खा फोहर व्यवस्थापनको सुरु गरेको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ ।
कामपाले ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नं ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिनुभयो ।
क्षेत्रमा क्रमश: सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उहाँको भनाइ छ । यस क्षेत्रमा वडा नं। १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वडा छन् ।
सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत जम्मा गरिन्छ । घरेलु फोहरलाई व्यवस्थित बिसर्जन गर्न र अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाँको आयु बढाउनका लागि ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न कामपाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आव्हान गरेको थियो । यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नं २, ३, ४, ५ र ७ पर्छन् ।
क्षेत्र नं २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि जिम्मा पाएको छ जहाँ वडा नं १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले कवोल गरेको छ यस क्षेत्रमा वडा नं ६, ८ र ९ पर्छन् । क्षेत्र नं ४ मा मेची पोली इन्डस्ट्रिले जिम्मा लिएको छ । यसमा वडा नं १६, १७ र २६ पर्छन् । वडा नं १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ को जिम्मा नेपाल ऊर्जा विकास कम्पनीले लिएको छ । वडा नं १०, ३१ र ३२ समेटेर क्षेत्र नं ६ तोकिएको छ । जहाँ पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १३:१७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् । ...
माघ ८ गते, २०८२ - १३:०८
बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...
माघ ८ गते, २०८२ - ११:४७
सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...
माघ ८ गते, २०८२ - ११:३३
भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीड...
माघ ८ गते, २०८२ - ११:२१
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...
माघ ८ गते, २०८२ - ११:१२
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...
माघ ८ गते, २०८२ - १०:४५
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...




प्रतिकृया लेख्नुहोस्: