Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

जनपक्षीय पत्रकारिताकाे माध्यमबाट गणतन्त्र र संघीयताको पक्षमा जुट्नु पर्ने पत्रकारकाे भनाइ

खबरडबली संवाददाता

युवराज कार्की (सन्ताेष)

उदयपुर । अहिले वर्तमान अवस्थामा गणतन्त्र र संघीयता विरोध भइरहेकाले त्यसको रक्षा गर्न प्रगतिशिल पत्रकारहरु एक हुनुपर्ने बताइएको छ ।

प्रेस सेन्टर उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरको शाखा कार्यालयको सभाहलमा २३ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘गणतन्त्र र जनपक्षीय पत्रकारिता सम्बन्धी अन्तर सम्वाद कार्यक्रम’ मा बोल्ने पत्रकारहरुका अगुवाहरुले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले अबको पत्रकारिता गणतन्त्र र संघीयताको पक्षमा अझै शसक्त बनाउनु पर्ने समय आएको बताएका छन् । कार्यक्रममा बोल्दै जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष विश्वराज तामाङले पत्रकारिताको क्षेत्रमा जटिलता बढेको भन्दै गणतन्त्र र संघीयताको पक्षमा कलम चलाउने कृष्ण सेन ‘इच्छुक’ लाई सम्झिए। 
यस्तै प्रेस युनियन उदयपुरका अध्यक्ष पर्शुराम थापाले अहिलेको अवस्थामा देशमा गणतन्त्र र संघीयता विरोधीहरु बढेकाले अबको पत्रकारिता गणतन्त्र र संघीयताको पक्षमा हुनुपर्ने बताए । यसैगरी समाजवादी प्रेस संगठन कोशी प्रदेश सहसचिव सुखिलाल चौधरीले नेपाली जनताले लामो संर्घष गरेर ल्याएको गणतन्त्र र संघीयता देशका गणतन्त्रवादी नेताहरुको कारण खतरामा परेको भन्दै त्यसको विपक्षमा हुनुपर्ने बताए । उनले भने, ‘गणतन्त्र र संघीयता जोगाउनु पर्ने वेला आएको छ । हाम्रो कलम अब त्यतारित पनि चल्नुपर्छ ।’ 

यसैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसीप्रसाद कोइरालाले स्वर्गीय कृष्ण सेना इच्छुकलाई सम्झना गर्दै भने, ‘गणतन्त्र ल्याउन ठूलो योगदान गर्ने साहित्यकार तथा तथा पत्रकार इच्छुकको सपना भुल्नु हुँदैन । त्यसको लागि हाम्रो कलम गणतन्त्र र संघीयताको पक्षमा चल्नुपर्छ ।’प्रेस सेन्टरका केन्द्रीय सदस्य भोटराज राईले अहिलेको पत्रकारिता नेतामुखी, ठेकेदारमुखी, मालिकमुखी हुँदै गएकाले दुख व्यक्त गरे । उनले भने, ‘पत्रकारितालाई जनतामुखी बनाउने वेला आएको छ ।’ 

यता प्रेस सेन्टरकै पुर्व केन्द्रीय सदस्य कार्यक्रमका विशेष अतिथि हरिकुमार राईले जनपक्षीय पत्रकारिताको लागि कृष्ण सेन प्रेरणाको स्रोत भएको भन्दै गणतन्त्र ल्याउन लेख्ने पत्रकार कृष्ण सेना राज्यबाट मारिन दुखद भएको बताए । उनले भने, ‘गणतन्त्र संकटमा छ । त्यसको पक्षमा हाम्रो समाचारहरु केन्द्रित हुनुपर्छ ।’

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ उदयपुरका शाखाका अध्यक्ष भक्तिविलास पोखरेलले व्यवसायिक पत्रकारहरु अब एक हुँदै सशक्त हुनुपर्ने वेला आएको बताए । उनले भने, ‘साहित्यकार कृष्ण सेन इच्छुक परिवर्तनकै पक्षमा कलम चलाउँदा राज्यबाटै हत्या भयो । आज हामी यसरी स्मृति दिवस मनाइरहेका छौँ । अहिलेसम्म मृत्यु भएको राज्यले यकि गर्न सकेको छैन । राज्य पत्रकारको पक्षमा निर्मम हुन्छ । हामी एक हुनुपर्छ । पत्रकार आचरसंहिताको पालाना गर्नु पर्छ ।’

प्रमुख अतिथिका रुपमा बोल्दै बरिष्ठ पत्रकार कौशल चेमजोङले गणतन्त्र विरोधीहरु प्रतिगामी शक्तिको रुपमा सलबलाएको बताए । उनले भने, ‘गणतन्त्र र संघीयताको पक्षमा प्रगशिल रुपमा हाम्रा कलमहरु चल्नुपर्छ । हिजो स्र्वर्गीय कृष्ण सेन ‘इच्छुक’ शैलीमा जसरी थियो । आज पनि त्यसैगरी चल्नुपर्ने वेला आएको छ ।’

प्रेस सेन्टर उदयपुरका अध्यक्ष अभिमन्यू लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुका पेशागत विभिन्न संगठनका नेतृत्व र श्रमजीवि पत्रकारहरुको उपस्थिति रहेको थियो । आज जेठ १३ गते २०५९ सालमा तत्कालिन राज्यबाट विद्रोही नेकपा माओवादीको आरोपमा पक्राउ गरी हत्या गरिएका पत्रकार कृष्ण सेन इच्छुकको सम्झना प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ । आजै नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवससमेत परेको छ । दिवसको अवसरमा उदयपुरमा शुभकानमा आदनप्रदानसमेत गरिएको थियो ।

पत्रकार तथा साहित्यकारले देशभर आज वभिन्नि कार्यक्रम गरेर स्मृति दिवस मनाइएका छन् । महान जनयुद्ध उत्कर्षमा पुगेको बेलामा तत्कानि जनदिशा दैनकिका प्रधान सम्पादक सेनलाई तत्कालिन राज्यले २०५९ जेठ ६ गते पक्राउ गरी हिरासतमै चरम यातना दिएर जेठ १३ गते हत्या गरेकाे थियाे । 

सेन हत्याको आज २३ वर्ष पुगेको छ । निष्ठा र आदर्शको लागि तथा पत्रकारिता क्षेत्रमा सेन आज पनि जनवादी पत्रकारको रुपमा दर्ज भएका छन् । पटक–पटक प्रतक्रियिावादीको राज्य सत्ताले जेल र हिरासतमा लिएर सेनको हत्या गरेको थियो । 

सेनको शवलाई बेपत्ता पारेको थियो । त्यसवेला हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यस वेलाका तत्कालनि सरकारका गृह प्रवक्ताले सेनाको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा सेन मारिएको झुटो वज्ञिप्ती निकालेको थियो । 

कृष्ण सेन इच्छुकको बलिदानपछि उनले छाडेका विचार, रचना र योगदानहरू अझ सशक्त भएर जनतामा फैलिएका छन् । प्रत्येक वर्ष जेठ १३ गते उनलाई स्मरण गर्दै ‘इच्छुक स्मृति दिवस’ मनाइन्छ । उनका नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । उनका कविता, लेख, सम्पादकीयहरू आज पनि पढिन्छन् । इच्छुकको जीवनले सन्देश दिन्छ– क्रान्ति केवल बन्दुकले होइन, विचार र कलमबाट पनि सम्भव छ । उनि भन्थे, ‘म मर्न चाहन्नँ, तर मरे पनि मेरो आत्मा– आन्दोलनका पङ्क्तिहरूमा बाँचिरहनेछ ।’ आज पनि बाँचिरहेन छ ।

कृष्ण सेन ‘इच्छुक’ नेपालको समकालीन इतिहासमा त्यस्तो व्यक्तित्व हुन, जसले कलमलाई क्रान्तिको हतियार बनाए । उनले शब्दमार्फत जनताको दुःख बोले, न्यायको माग गरे, र तानाशाहाहरुको विरोध गरे । 

पत्रकार, साहित्यकार र क्रान्तिकारीका रूपमा उनले गरेका योगदान केवल इतिहासमा लेखिनु पर्ने होइन, जीवनमा व्यवहारमा उतारिनुपर्ने आदर्श हुन् । विचारहरू, उनका रचना र उनको जीवन आजको पुस्ताका लागि प्रेरणा र चेतनाको स्रोत हुन् । नेपालको पत्रकारिता, साहित्य र राजनीतिक चेतनामा इच्छुकको नाम अमर रहनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending