Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

खबरडबली संवाददाता

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले वर्षायामको खेतीका लागि मलको पर्याप्त भण्डारण रहेको जानकारी दिइन्।

मन्त्री चौधरीले सरकारले रासायनिक मलको आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै भनिन्, “अहिलेको रोपााइँसम्मका लागि हामीसँग मल उपलब्ध छ, रोपााइँपछिका लागि पनि मल जोहो गर्ने प्रयासमा हामी लागिरहेका छौँ ।” उहाँले रासायनिक मलको विकल्पका रूपमा माटोको स्वास्थ्य सुधार्न सरकारले जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको समेत बताइन्।

सरकारले ल्याएको ‘सय बुँदे सुदृढीकरण’ योजनामा पनि मल र माटो सुधारका विषयहरू समेटिएको जानकारी दिँदै मन्त्री चौधरीले ‘सोयल हेल्थ कार्ड’ मार्फत माटोको गुणस्तर सुधार गर्ने योजना अघि सारिएको उल्लेख गरिन्।

किसानलाई प्रदान गरिने अनुदान र बीउबिजन व्यवस्थापनका सम्बन्धमा सरकारले सूक्ष्म अध्ययन गरिरहेको उनको भनाइ छ । विगतका कमीकमजोरीलाई सुधार गर्दै वास्तविक किसानसम्म अनुदान पुऱ्याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले स्पष्ट पारिन्। उनले उन्नत स्तरको बीउबिजनको सहज आपूर्तिका लागिसमेत मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताइन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ सुकुम्वासी बस्ती खाली गर्न सरकारको ११ बुँदे योजना

काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...

तनहुँको शेराफाँटमा बस दुर्घटना

काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...

एमाले संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन

काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...

एमाले प्रमुख सचेतकमा महर मनोनीत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...

नेपाली कांग्रेसको संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...

श्रम संस्कृति पार्टी सुकुम्वासीको पक्षमा हामी हुनेछ: सांसद आरेन राई

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending