Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

‘दशौँ लाख सिरियाली नागरिक असदको गुप्तचर र सुरक्षा निकायको खोजी सूचीमा’

खबरडबली संवाददाता

दमास्कस । सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताएका छन् ।

बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भने, “राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको सङ्ख्या ८० लाख नाघेको छ ।
उनले भने, “सिरियाली जनताको लगभग एक तिहाई जनसङ्ख्यालाई पूर्व शासनको दमनकारी गुप्तचर र सुरक्षा एजेन्सीहरूले खोजीको सूचीमा राखेको थियो ।”

असदले शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियाको गृहयुद्ध सुरु भएको थियो र पछि लाखौँ सिरियालीहरू सुरक्षा सेवाहरूको डरलाग्दो जालमा फसेका थिए । उनीहरूले अभियोजन, दुरुपयोग र अधिकार उल्लङ्घनको सामना गरेका थिए । 

धेरैले प्रदर्शनमा भाग लिएको वा प्रचार गरेको, राज्यको प्रतिष्ठामा आँच पुर्‍याएको, विदेशी पक्षहरूसँग कुराकानी गरेको वा ‘आतङ्कवाद’ लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गरेको आरोप खेप्नुपरेको थियो । असदले आफ्नो शासनको विरोध गर्ने सबै विद्रोही र समूहहरूका लागि ‘आतङ्कवाद’ शब्दको प्रयोग गरेका थिए । लाखौँ सिरियालीहरूलाई जेलमा फ्याँकियो, जहाँ धेरैले यातना भोग्नुपरÞ्यो र दशौं हजार अझै हराइरहेका छन् ।

धेरै मानिसहरूले सुरक्षा जाँचचौकीहरूमा हिरासतमा राख्दा वा देश छोड्न खोज्दा मात्र आफूलाई विभिन्न आरोपमा खोजीको सूचीमा राखिएको थाह पाएका थिए किनकि, आरोपहरू प्रायः गोप्य रूपमा जारी गरिन्थ्यो । इस्लामी नेतृत्वको गठबन्धनले गत डिसेम्बरमा असदलाई उनको परिवारको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै करिब १४ वर्षको कडा युद्धपछि अपदस्थ गरेको थियो ।

बाबाको टिप्पणी गृह मन्त्रालयको पुनर्गठनको घोषणाको साइडलाइनमा आएको हो जसमा धेरै नयाँ विभागहरू सिर्जना गरिएको छ । यसमा एक उजुरी विभाग र सिरियाको भूमि र समुद्री सीमाको प्रभारी एक सीमा सुरक्षा निकाय समावेश छ जसलाई विशेष गरी लागु पदार्थ र मानव तस्करी नेटवर्कर्को ‘अवैध गतिविधि’ को सामना गर्ने काम दिइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending