क्वालालम्पुर । म्यानमारमा भूकम्पपछिको युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको भए तापनि मे महिनाको अन्त्यमा समाप्त हुने गरी युद्धविरामको समयावधि थप र विस्तार गर्न मलेसियाले आइतबार आह्वान गरेको छ ।
गत मार्चको अन्त्यमा गएको विनाशकारी भूकम्पमा परी करिब तीन हजार ८०० जनाको मृत्यु र दशौँ हजार घरबारविहीन भएपछि सत्तारुढ सैन्य जुन्टाले सुरुमा बहुपक्षीय गृहयुद्धमा युद्धविरामको घोषणा गरेको थियो । युद्धविराम यसअघि पनि लम्ब्याइएको थियो यद्यपि, द्वन्द्व अनुगमनकर्ताहरूले जुन्टाको नियमित हवाई आक्रमणसहित लडाइँ जारी रहेको बताएका छन् ।
“आइतबार क्षेत्रीय विदेशमन्त्रीहरूको बैठकमा मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले ‘हाल प्रभावित क्षेत्रभन्दा बाहिर युद्धविरामको विस्तार गर्ने प्रस्ताव गर्नुभएको छ,” एक विज्ञप्तिमा भनिएको छ । “हामी म्यानमारका सरोकारवालाहरूलाई शत्रुता अन्त्य गर्न, युद्धविरामको विस्तार गर्न, पुनरुत्थानका लागि लामो र कठिन मार्गलाई सहज बनाउन र म्यानमारका जनताको पीडा कम गर्न आह्वान गर्दछौं,” मोहम्मदले आफ्नो प्रारम्भिक भनाइमा उल्लेख गरे ।
मलेसियाले हाल १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को आलोपालो अध्यक्षता सम्हाल्दै आएको छ । सन् २०२१ को फेब्रुअरीमा म्यानमारले नागरिक नेतृ आङ सान सुकीलाई सत्ताच्युत गरेपछि म्यानमारको द्वन्द्व अन्त्यका लागि यस समूहले अहिलेसम्म निष्फल कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ ।
आसियानले सन् २०२१ को अप्रिलमा जुन्तालगायत सबै समूहका नेताहरूबिच सहमति भएको पाँचबुँदे शान्ति योजना कार्यान्वयन गर्न सङ्घर्ष गरिरहेको छ । शान्ति सम्झौतामा प्रगति हुन नसकेको भन्दै जुन्टाका अधिकारीहरूलाई आसियान शिखर सम्मेलनमा सहभागी हुनबाट रोक लगाइएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत अप्रिलमा बैंककमा म्यानमारका जुन्टा नेता मिन आङ ह्लाइङलाई भेटेर युद्धविरामको सम्मान गर्न आग्रह गरेका थिए । संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र द्वन्द्व अनुगमनकर्ताहरूले युद्धविरामका बावजुद जुन्टाले हवाई आक्रमणको अभियान जारी राखेको बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार मे महिनाको मध्यतिर जुन्ताले सागाइङ क्षेत्रमा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको एक विद्यालयमा गरेको हवाई आक्रमणमा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो । थुप्रै कू विरोधी र जातीय सशस्त्र समूहहरूले शत्रुता रोक्न आ–आफ्नो प्रतिज्ञा गरेका छन् । तर पूर्वी म्यानमारका केही बासिन्दाले भने छिमेकी मुलुक थाइल्यान्डतर्फको आकर्षक व्यापारिक मार्गमा रहेको जुन्ताको कब्जामा रहेका सहरलाई कूविरोधी फौजले घेराहालेपछि आफूहरु विस्थापित भएको बताएका छन् ।
म्यानमारको जुन्टा प्रशासनले यस वर्षको अन्त्यतिर निर्वाचन गर्ने घोषणा गरेको छ । तर म्यानमारको विपक्षी ‘राष्ट्रिय सहमतिको सरकार’ले जनता र राजनीतिक दललाई सैन्य सरकारले आयोजना गर्ने कुनै पनि निर्वाचन बहिष्कार गर्न आग्रह गरेको छ । अनवरले जुन्टा प्रमुख ह्लाइङसँग अप्रिलमा भएको भेटपछि आसियानले ‘चिन्ता’ व्यक्त गरेको र ‘निष्पक्ष र स्वतन्त्र निर्वाचन’ सुनिश्चित गर्न बिस्तारै सहमति निर्माण गर्न चाहेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: