Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदैछु: मन्त्री पौडेल

खबरडबली संवाददाता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् ।

१८औँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउन्डेसन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्‌घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आमनागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनुपर्छ भने । स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण संगठित क्षेत्रलाई बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिए । वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने  देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताए ।

प्रदेश सभा सदस्यत्रय अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डलले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि  सहयोग गर्न आग्रह गरे । फाउन्डेसनका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जीवछ गच्छदार र शिव प्रधानले मोरङको दुर्गम क्षेत्रका जनताको सेवामा भविष्यमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आजै समापन हुने शिविरमा न्युरो कार्डियो मल्टिस्पेसियलिटी हस्पिटलका चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग, न्युरो, हाडजोर्नी, ग्यास्ट्रोलोजी, स्त्री रोग, आँखा, चर्म, श्वासप्रश्वास, सेवा, रगत परीक्षण सेवा प्रदान गरिरहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE