खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार मझौ र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न पश्चात शनिबार उद्घाटन गरिएको हो ।
प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालयको सशर्त बजेटबाट निर्माण गरिएको प्रि-स्ट्रेस्डे आरसिसि पुल कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका थिए ।
सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुरले मुल्य अभिवृद्धि कर तथा पिएससहित ८ करोड २१ लाख ७२ हजार ८९४ मा पुल निर्माणको काम सम्पन्न गरेको हो । २०८२ वैशाख १० गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख ११ गते पुलको सम्झौता गरिएको थियो ।
खोटाङ बजार–चिसापानी सडक खण्डमा पर्ने सो पुल प्रादेशिक सडक पुल सहयोग एकाइ, इटहरीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । सो स्थानमा पक्की पुल नहुँदा स्थानीय झोलुङ्गे पुलमार्फत खोला वारपार गर्ने गरेका थिए । पक्की पुल बनेपछि खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र वराहपोखरी गाउँपालिकाका स्थानीय लाभान्वित भएका छन् ।
पुल उद्घाटन कार्यक्रममा वराहपोखरी गाउँपालिका अध्यक्ष शलिकराम बन्जारा, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, खोटेहाङ गाउँपालिका उपाध्यक्ष रूपेश राई लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: