Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कृषिजन्य सामग्रीको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिए ।

संघीय सरकारको रु. १९ लाख र पालिकाको रु. १५ लाख गरी कुल रु. ३४ लाखमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए । एम्बुलेन्स सञ्चालनका लागि सबै वडामा उपसमिति गठन गरिएका छन् भने पालिकास्तरमा ‘थाप्ले सत्यवती कृषि बजार’ गठन गरिएको छ । यसैगरी सबै टोलमा संकलन केन्द्र राखिएका छन् । कृषि शाखा प्रमुख भण्डारीका अनुसार कुल १५ क्विन्टलसम्म तरकारी बोक्न सक्ने क्षमता भएको एम्बुलेन्समा माइनस १५ डिग्री र प्लस २५ डिग्रीसम्म तापक्रम कायम गर्न मिल्ने र पाँच दिनसम्म कुनै पनि तरकारी टिकाइराख्ने क्षमता रहेको छ । एम्बुलेन्सले तरकारी मात्र नभएर मासु र दुध पनि निर्यात गर्न सक्नेछ ।  

हाल किसान आफैँले एम्बुलेन्स सञ्चालन गरेका छन्, जसले गर्दा नाफा र उत्पादनमा आधारित अनुदान पनि किसानसँगै रहने गरेको छ । सबै वडामा संकलन भएका कृषिउपज बुटवलका बजारमा लगिने गरेको छ भने सत्यवतीदेखि त्यहाँसम्म प्रतिकेजी रु. तीनदेखि रु. ६ सम्म भाडा तोकिएको छ । ‘पालिकाले एम्बुलेन्समा सहजीकरण गरेसँगै किसानहरू लाभान्वित भएकाे छ,’ स्थानीय मीना ढकालले बताइन्, ‘अब तरकारी, दुध बिक्री गर्न सहज भएको छ । किसान र उपभोक्ताको सिधा सम्पर्क भएपछि बिचौलियाको पनि अन्त्य भएको छ ।’ 

अर्का कृषक मणिराम पाण्डेले अब उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण सुनिश्चित भएको बताए ।  उनका अनुसार सत्यवती गाउँपालिकामा ६० वटा समूहमा नाै सय किसान आबद्ध छन् । करिब सयजनाले एकल रूपमा पनि तरकारी खेती गरेका छन् । पालिकामा एक हजार किसानले उत्पादन गरेको तरकारी एवं दुध र मासुजन्य सामग्री स्थानीय बजारका साथै बुटवलसम्म पुग्ने गरेको छ । 

पालिकामा तरकारी, फलफूल, माछा, मासु, दुध र अन्डाबाट वार्षिक करिब रु. १० करोड भित्रिएको पालिकाको तथ्यांक छ । पशु शाखा प्रमुख नारायण खनालले सत्यवतीले गत वर्षदेखि नै बुटवल हाटबजारको २८ नं. सटरमा पालिकामा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्दै आएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE