ताप्लेजुङ । भारतीय सेनाको आरोही टोलीले ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गरेको छ । भारतीय सेनाका कर्नेल रणभीरसिंह जमवाल नेतृत्वको टोलीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको हो ।
काठमाडौंको ट्रान्सेन एड्भेन्चर प्रालिमार्फत गएको भारतीय सेनाको टोलीले आठ हजार ५८६ मिटर रहेको कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको हो । ट्रेकिङ कम्पनी ट्रान्सेन एड्भेन्चर प्रालिका निर्देशक दावा शेर्पाका अनुसार शेर्पासहित नौ जनाले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् । भारतीय सेनाको पाँच जनाको टोली एकैपटक कञ्चनजङ्घाको चुचुरोमा पुगेकाे निर्देशक शेर्पाले जानकारी दिए ।
उनका अनुसार भारतीय सेनाको आरोही टोलीसँगै अन्य चार जना शेर्पाले कञ्चनजङ्घाको आरोहण गरेका छन् । कञ्चनजङ्घा आरोहण गर्नेमा भारतीय सेनाका कर्नेल जमवाल, नेहपाल सिंह, केवल क्रिसान, छेवाङ चोसगइल र सुशील कुमार रहेका छन् । जमवालबाहेक चारजना पनि भारतीय सेनामै कार्यरत रहेका छन् ।
यस्तै, डेन्सा भोटेसहित चारजना शेर्पाले पनि कञ्चनजङ्घा आरोहण गरेकाे उनले जानकारी दिए । प्रालिका अनुसार उनिहरुले मे १८ अर्थात जेठ ४ गते बिहान ११ बजे हिमाल आरोहण अर्थात कञ्चनजङ्घाको चुचुरोमा पुग्न सफल भएका हुन् । भारतीय सेनाका नौ जनाको टोली कञ्चनजङ्घा हिमाल आरोहणका लागि अनुमति लिएर आएका थिए ।
यता आरोही टोलीको नेतृत्व गरेका कर्नेल जमवालले एशियाका सात देशका उच्च हिमालहरु आरोहण गरी सकेका छन् । उनले नेपालको कञ्चनजङ्घा भने पहिलो पटक आरोहण गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: