उदयपुर । उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार यौनधन्दा चलाउने र संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
उनले गएको वैशख १६ गते जाहेरवाला (सांकेतिक नाम गाईघाट ८४९क र गाईघाट ८५९ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (सांकेतिक नाम गाईघाट ८४ र पीडित वर्ष १५ की गाईघाट ८५) लाई कानुनको विवादमा परेका बालक (सांकेतिक नाम गाईघाट ८६, गाईघाट ८७) स्थायी घर झापा कन्काई नगरपालिका– ४ भएका त्रियुगा नगरपालिका– ११ पिपलचोक डेरा गरी बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), त्रियुगा– ११ कै वर्ष १९ की पुर्णिमा राई, सप्तरी हनुमाननगर कंंकाली नगरपालिका– ४ घर भएका वर्ष २५ का कुन्दन दासका विरुद्ध मुद्दा दर्ता गरिएका जानकारी दिए ।
यसैगरी, त्रियुगा नगरपालिका– ११ स्थितमा रहेको भ्यु प्वाइन्ट होटल र मकालु होटेलको कोठामा लगी अपरिचित पुरुष मानिससँग यौन क्रियाकलापमा लगाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा मुद्दा दर्ता गरिएको एसपी योगीको भनाइ छ ।
उनले भने, ‘पक्राउ परेकामाथि उल्लेखित पीडकहरू विक्रम रणपहेली (दर्जी), कुन्दन दास, पूर्णिमा राई तथा मकालु होटेलका सञ्चालक त्रियुगा नगरपालिका– ११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाइन्ट होटेलका सञ्चालिका त्रियुगा नगरपालिका– १० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँचजना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव बिचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मंगलबार मुद्दा दर्ता गरिएको छ ।’ आरोपित सबै वैशाखमा पक्राउ परेको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: