उदयपुर । उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार यौनधन्दा चलाउने र संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
उनले गएको वैशख १६ गते जाहेरवाला (सांकेतिक नाम गाईघाट ८४९क र गाईघाट ८५९ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (सांकेतिक नाम गाईघाट ८४ र पीडित वर्ष १५ की गाईघाट ८५) लाई कानुनको विवादमा परेका बालक (सांकेतिक नाम गाईघाट ८६, गाईघाट ८७) स्थायी घर झापा कन्काई नगरपालिका– ४ भएका त्रियुगा नगरपालिका– ११ पिपलचोक डेरा गरी बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), त्रियुगा– ११ कै वर्ष १९ की पुर्णिमा राई, सप्तरी हनुमाननगर कंंकाली नगरपालिका– ४ घर भएका वर्ष २५ का कुन्दन दासका विरुद्ध मुद्दा दर्ता गरिएका जानकारी दिए ।
यसैगरी, त्रियुगा नगरपालिका– ११ स्थितमा रहेको भ्यु प्वाइन्ट होटल र मकालु होटेलको कोठामा लगी अपरिचित पुरुष मानिससँग यौन क्रियाकलापमा लगाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा मुद्दा दर्ता गरिएको एसपी योगीको भनाइ छ ।
उनले भने, ‘पक्राउ परेकामाथि उल्लेखित पीडकहरू विक्रम रणपहेली (दर्जी), कुन्दन दास, पूर्णिमा राई तथा मकालु होटेलका सञ्चालक त्रियुगा नगरपालिका– ११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाइन्ट होटेलका सञ्चालिका त्रियुगा नगरपालिका– १० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँचजना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव बिचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मंगलबार मुद्दा दर्ता गरिएको छ ।’ आरोपित सबै वैशाखमा पक्राउ परेको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: