ढाका । बङ्गलादेशका शक्तिशाली सेना प्रमुखले देशका पूर्व प्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताएका छन् । सेना प्रमुखको उक्त टिप्पणीलाई स्थानीय मिडियाले रिपोर्ट गरेको छ भने सैन्य स्रोतहरूले पनि बिहीबार पुष्टि गरेका छन् ।
बङ्गलादेशी अखबारहरूका अनुसार जनरल वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई यदि अगावै चुनाव भएन भने यस वर्षको डिसेम्बरसम्ममा चुनाव गराउनुपर्ने बताएका छन् । करिब १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली राष्ट्र अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको विद्रोहदेखि राजनीतिक अशान्तिमा छ र सडकमा प्रदर्शन गर्ने दलले धेरै माग राखिरहेका छन् ।
“बङ्गलादेश अराजक चरणबाट गुज्रिरहेको छ”, अखबारहरूका अनुसार वाकर–उज–जमानले भने, “स्थिति दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । नागरिक प्रशासन र कानून प्रवर्तन निकायहरूको संरचना भत्किएको छ र पुनर्गठन गर्न असफल भएको छ ।” चुनावको कुनै मिति तोकिएको छैन तर अन्तरिम नेता, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले चुनाव ढिलोमा सन् २०२६ जुनसम्ममा गराइने बताएका छन् ।
तर चुनावमा अग्रणी उम्मेदवारका रूपमा हेरिएको प्रमुख बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बारम्बार चुनावको मिति माग गरेको छ । बिएनपीले बुधबार राजधानी ढाकामा विरोध प्रदर्शन गर्यो । महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले पहिलो पटक कार्यवाहक सरकार विरुद्ध प्रदर्शन गरे ।
एक अधिकारीको प्रश्नको जवाफमा सेना प्रमुखले कथित रूपमा भने, “चुनाव डिसेम्बरसम्म गराउनुपर्छ, यदि त्यो भन्दा पहिले भएन भने ।” उनले अधिकारीहरूलाई ‘चुनावको समयमा इमानदारी र निष्पक्षताका साथ आफ्नो कर्तव्य पूरा गर्न’ पनि भनेको बताइएको छ ।
गत वर्ष अगस्टमा हसिनालाई अपदस्थ गरिएको र सेनाले छोटो समयका लागि नियन्त्रण लिएको घोषणा गर्ने व्यक्ति वाकर–उज–जमान नै थिए । केही दिनपछि उनले ८४ वर्षीय युनुसलाई सत्ता हस्तान्तरण गरे । युनुसले अर्को चुनावसम्म आफूले कार्यवाहक सरकारको नेतृत्व गर्ने बताएका छन् ।
सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्नल सामी–उद–दौला चौधरीले सेना प्रमुख वाकर–उज–जमानले बुधबार अधिकारीहरूलाई सम्बोधन गरेको तर ‘बैठक गोप्य थियो’ भनी पुष्टि गरे । तर बैठकको प्रत्यक्ष जानकारी भएका तीनवटा स्रोतले सेना प्रमुखले चुनाव गराउने आवश्यकतामा जोड दिएको र डिसेम्बरसम्ममा सम्पन्न गर्नुपर्ने बताएको भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: