Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

थारू र डोटेली भाषालाई सरकारी कामकाजको भाषा बनाउन

खबरडबली संवाददाता

कञ्चनपुर । भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि सिफारिस गरेको दुई भाषा थारू र डोटेली भाषालाई सरकारी कामकाजको भाषा तत्काल कार्यान्वयन गर्न यहाँका अगुवा बुद्धिजिवीहरुले माग गरेका छन् ।

भाषा आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा विज्ञहरुले सो माग गरेका हुन् । वि.सं. २०७८ भदौ २१ गते भाषा आयोगले सरकारलाई १२ वटा भाषा सरकारी कामकाजको रुपमा प्रयोगका लागि सिफारिस गरेको थियो ।

सुदूरपश्चिममा अहिलेसम्म दुई भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न ऐन मस्यौदा गरिएको छैन । ऐन मस्यौदा भएपछि प्रदेश सरकारले पारित गरेर प्रदेश प्रमुखले प्रमाणीकरण गरेमा ऐन कार्यान्वयनमा आउने प्रावधान छ । भाषा आयोगले सुदूरपश्चिममा थारु र डोटेली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सिफारिस गरेको छ । त्यस्तै, कोशीमा मैथिली र लिम्बू, मधेसमा मैथिली, भोजपुरी र बज्जिका, बागमतीमा तामाङ र नेवार, गण्डकीमा मगर र गुरुङ, लुम्बिनीमा थारु, अवधि र भोजपुरी, कर्णालीमा मगर भाषलाई सिफारिस गरेको छ ।

यसमध्ये बागमती प्रदेश सरकारले मात्र अहिलेसम्म ऐन निर्माण गरी प्रदेशमा सरकारी कामकाजको रुपमा तामाङ र नेवार भाषाको कार्यान्वयन गरिसकेको छ । बागमती प्रदेश सरकारका लागि ऐन मस्यौदा भई २०८० कात्तिक २३ मा प्रमाणीकरण भई २०८१ वैशाख २४ बाट कार्यान्वयनमा आएको थियो ।

सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजको भाषा तथा मातृभाषा शिक्षाको नमुना विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा तीन जना विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा थारु भाषाको सरकारी कामकाजको सम्बन्धमा पत्रकार लक्की चौधरी, डोटेली भाषाका लागि रमेश पन्त मितबन्धु र मातृभाषाको प्रयोग र चुनौती विषयमा विज्ञ डा. ज्ञानुराज पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य देवानसिंह विष्टले सरकारी कामकाजी भाषा थारु र डोटेली प्रयोगमा आउने भए पनि केही समय लाग्ने बताए । प्रदेश सभाबाट ऐन मस्यौदाको काम अझै सुरु नभए पनि सरोकारवाला पक्षले दवाव दिनुपर्ने उनको आग्रह छ । चार वटा सरकार बनिसक्दा पनि प्रदेश ऐनको मस्यौदा बन्न नसकेको उनको भनाइ छ ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आयोगले सिफारिस गरेको १२ भाषामध्ये दुई भाषामात्र बागमतीमा कार्यान्वयनमा आएको जानकारी दिए । सुदूरपश्चिममा पनि छिटो दुई भाषा सरकारी कामकाजमा प्रयोग गर्न उनले प्रदेश सरकारसँग आग्रह गरे । भाषा आयोगले सुदूरपश्चिममा दुई भाषा सिफारिस गरे पनि पालिका स्तरमा बाहुल्यताको आधारमा अन्य भाषालाई पनि प्रयोग गर्न सकिने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending